राष्ट्रपति भण्डारीद्वारा आभार व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी चिनफिङलाई न्यानो स्वागत गर्दै ऐतिहासिक भ्रमण सफल पार्न सहयोग गर्ने सम्बद्ध सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज म्यान्माको औपचारिक भ्रमणमा निस्कनुअघि ट्विट गर्दै राष्ट्रपति सीको राजकीय भ्रमण सफल बनाएकामा नेपाली दाजुभाइ तथा दिदीबहिनी, सुरक्षा अङ्ग, आमसञ्चार र सम्बद्ध सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै उक्त भ्रमणबाट जनतामा देखिएको खुसी र उत्साह साकार पार्न आफ्नो अनवरत प्रयास हुने उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?