काठमाडौं – यतिबेला नेपालका यूवराज पारस साह सामाजिक सञ्जालमा भाइरल भएका छन् । कुनै राम्रो प्रशंसनिय वा उदाहरणीय काम गरेर भने उनी चर्चामा आएका होईनन् । छाडा र अश्लिल संवाद प्रयोग गर्दै विभिन्न भिडियो बनाउने यूट्युबर सोनिका रोकायसँग उनको भेट बाक्लिएपछि उनीहरुको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् । यति नै बेला बेलायतको एक समाचारले सबैको ध्यान तानेको छ । बेलायतका राजकुमार विलियम र राजकुमारी केट पाकिस्तानमा आयोजित रात्रीभोजमा रिक्सा चढेर सहभागी भएर गएको समाचारले । हो, शाही दम्पत्ति पाँच दिने भ्रमणका लागि पाकिस्तानमा रहेका बेला मंगलबार इस्लामावादका लागि बेलायती उच्च आयुक्तले आयोजना गरेको रात्रिभोजमा रिक्सा चढेर गएका थिए। यो भोज त्यहाँको संस्कृति झल्काउन आयोजना गरिएको थियो ।
यसअघि यो जोडीले स्कुलका विद्यार्थीसँग भेटघाट गरेका थिए । पाकिस्तानी प्रधानमन्त्री तथा पूर्वक्रिकेट कप्तान इमरान खानसँग खाजा खाएर छुटेका उनीहरुको यो फोटो सामाजिक सञ्जालमा निकैपटक सेयर गरीएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया