घुम्न जाँदै हुनुहुन्छ ? भुलेर पनि नछुटाउनुस् यी कुराहरु

काठमाडौं । घुम्ने रहर कसलाई हुँदैन र ? नयाँ ठाउँ पुग्ने, नयाँ कुरा जान्ने मन सबैको हुन्छ । वर्षभरीको थकान मेटाउनकै लागि भए पनि मानिसहरु नयाँ नयाँ ठाउँ घुन्मे चाहना राख्दछन् । अझ अहिले त व्यस्त जनजीवनले गर्दा मानिसहरु थकित बनेका हुन्छन् त्यहि थकान मेट्नकै लागि पनि घुम्न जाने गर्दछन् ।

अक्टोबर महिना घुम्नका लागि अत्यन्तै उपयुक्त मानिन्छ । न जाडो, न त गर्मी । त्यसैले यो मौसम घुमघामका लागि अत्यन्तै उपयुक्त मानिन्छ । यो समयमा घुम्नका लागि निस्कनेको संख्या उल्लेख्य पाइन्छ । लङ ड्राईभ गर्नेहरुको लागि यो समय अझ उपयुक्त बन्न सक्छ ।

घुम्न जानुभन्दा अगाडी हामी केहि कुराको ध्यान दिनु अत्यन्तै जरुरि हुन्छ । कहिकाही हामीले सानोतिनो कुरालाई ख्याल नगर्दा यात्रा सोचेजस्तो नहुन पनि सक्छ । यसको कारण छ । भौगोलिक बनावट, मौसम, सडकको अवस्था आदी कारणले गर्दा लङ ड्राईभमा जाँदा सकेसम्म केहि कुराहरु ध्यान सकेउ भने ठुलो दुर्घटना हुनबाट जोगिन सक्छ ।

यात्रा गर्नुअघि जान्नैपर्ने कुराहरु यस्ता छन् :-
-सवारी साधानको कन्डिसन राम्रो बनाएर मात्रै यात्रामा निस्कनुपर्छ ।
-दुई जना चालक हुँदा राम्रो हुन्छ ।
-सकेसम्म अनुभवी मान्छेले सवारी हाँक्नुपर्छ ।
-खाली रोड छ भन्दैमा सवारीको गति धेरै बढाउनु हुँदैन ।
-घुम्ति र मोडहरुमा विशेष ध्यान दिनुपर्छ ।
-नयाँ लोकसनमा जाँदा कम्तिमा पहिल्यै त्यो ठाउँको बारेमा केहि जानकारी लिनुपर्छ ।
-सवारी साधनमा केहि खानेकुराहरु राखिरहनुपर्छ ।
-प्राथमिक उपचारको सामानहरु साथमा बोकेर हिड्नुपर्छ । हो, यति कुरामा सचेत भएको खण्डमा पनि हामी हाम्रो यात्रा सहज बनाउन सक्छौँ । हामीले यहाँ चर्चा गर्न खोजेको विषय हो, प्राथमिक उपचारका सामाग्री अर्थात् फस्र्ट एड बक्सको ।
मानौं, तपाईंको यात्रामा हिँडेकामध्ये कसैलाई सामान्य चोट लाग्यो । अब के गर्ने यो अलमल र दुखबाट पार पाउन, कसैलाई रिँगटा लाग्ने, टाउको दुख्ने, वान्ता आउने जस्तो सामान्य किसिमको तर यात्रा खल्लो बनाउने गरी समस्या निम्तिहाल्यो भने के गर्ने ? खानपिन चलिरहेकै बेला छ्यास्स पोल्यो भने के गर्ने ? हरीयाली देखेर फोटो खिच्न पोज दिनुभएको थियो सर्पले डस्यो अब के गर्ने ? बाटो अलमल्ल पर्नुभयो अब के गर्ने ? हो यस्तै अब के गर्ने भन्ने किसीमका समस्या समाधान गर्नका लागि र यो दुविधाबाट पार पाउनको लागि हाम्रो गाडीमा फस्र्ट एड बक्स हुनैपर्छ ।

संभावित जोखिमबाट आफू बच्न अरुलाई बचाउनको लागि, अवस्था थप खराब वा जोखिमपूर्ण हुन नदिनको लागि उचित उपचारका लागि सम्बन्धित स्थानमा नपुगुन्जेलसम्मको अवस्था ठिक राख्नको लागि, केहि भैपरी हाल्यो भने तत्काल समाधान गर्न । स-सानो अप्ठेरोबाट सहजै पार पाउनको लागि ।
-सिटामोल
-थर्मामिटर
-ह्याण्डी प्लाष्ट
-नेल कटर
-सियो धागो
-टेप
-ब्याण्डेज
-महिलाहरुले (सेनेटरी प्याड) छुटाउनु हुँदैन ।
-हलुका खानेकुरा गाडीमा राख्नुपर्छ ।
-प्राथमिक उपचारबारे थाहा पाउनुपर्छ ।
-सामान्य सवारी दुर्घटना पर्दा गर्नुपर्ने काम र अपनाउनुपर्ने उपायबारे थाहा पाउनुपर्छ ।
-घाइतेलाई सुरक्षित ठाउँमा राख्ने ।
-श्वासप्रश्वास निरिक्षण गर्ने ।
-रगत बगिरहेको भए रक्तश्राव रोक्ने ।
-मुटुको चाल बन्द भएको भए तुरुन्तै कार्डियो मसाज दिने ।
-हात खुट्टा भाँचिएको भए काम्रो बाध्ने ।
-फस्र्ट एडको बक्स गाडी राख्दा राम्रो हुन्छ ।

-आपतकालीन फोन नम्बरहरूको एक सूची
-विभिन्न आकारका ब्याण्डेज प्याडहरू
-टेप
-विभिन्न आकारका पट्टी
-एन्टिसेप्टिक वाइपहरू
-साबुन
-एन्टिबायोटिक मलम
-सिटामिनोफेन र आईबुप्रोफेन
-अतिरिक्त औषधि औषधी ९यदि परिवार छुट्टीमा जाँदै छ०
-चिम्टी
-कैंची
-पिनहरु
-लोशन
-मदिरा वाइप
-थर्मामीटर
-फ्ल्यासलाइट
दुर्घटना नचाहँदा नचाहँदै भोग्नुपर्ने नियति हो । त्यसकारण सजग बनौँ । तपाईको यात्रा शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?