काठमाडौं – ‘ग्लोबल हंगर इन्डेक्स’ले भोकमरीग्रस्त देशहरुको सूची सार्वजनिक गरेको छ । भोकमरीले सताएका ११७ देशहरु सूचीमा नेपाल ७३ औं स्थानमा आएको छ । ग्लोबल हंगर इण्डेक्समा भारत दक्षिण एशियाका अन्य देशका तुलनामा तल देखिन्छ । सम्बन्धित देशका नागरिकले भेटभरी खाना खाए– नखाएको, बालमृत्युदरको अवस्था, बाल कुपोषणजस्ता आधारलाई यो सूचकाङ्क तयार गरिन्छ ।
एशियाको तेस्रो ठूलो अर्थव्यवस्था र दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको मूलुक भारत पनि तल नै छ । विश्वव्यापी भोकमरीको बारेमा प्रतिवेदन सार्वजनिक गर्ने संस्था ग्लोबल हंगर इन्डेक्सले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले खाद्यसंकटको क्षेत्रमा क्रमिक सुधार गर्दै लगेको देखाइएको छ ।
श्रीलंका, नेपाल, बंंग्लादेश र पाकिस्तानका जनता भारतीयहरुभन्दा पोषणको आधारमा अघि देखिएको छ सार्वजनिक भएको ईन्डेक्समा भारत यो मामिलामा ब्रिक्स राष्ट्रहरुमध्ये त सबैभन्दा तल छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया