काठमाडौं । तपाई कल्पना गर्नुहोस् त जब बाजागाजासहित जग्गेमण्डप पुगेर धुमधामसँग बिवाह गरिरहेका बेहुला बेहुलीलाई प्रहरीले हत्कडी लगाएपछि के हुन्छ ? त्यो पनि बेहुलामात्र होइन ७ जना !
बाल विवाह गरेको भन्दै सल्यानमा बेहुला बेहुली, पण्डितसहित सातजनालाई प्रहरीले जग्गेबाटै पक्राउ गरेको खबर छ । सल्यानको कपुरकोट गाउँपालिका–५ जामुनेबाट उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।
जिल्लको सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत बेहुला र कक्षा ८ मा अध्ययनरत बेहुलीले केही दिन अघि भागी विवाह गरेका थिए । भागेर विवाह गरेका बेहुला बेहुलीको हिन्दू परम्पराअनुसार विवाह गराउन खोज्दा उनीहरु आइतबार पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया