काठमाडौं – एकपछि अर्को सांसद पक्राउ परेको समाचार बाहिरीरहेका बेला सत्तारुढ नेकपाका सांसद तथा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य पार्वत गुरुङलाई पक्राउ गर्ने काठमाडौं जिल्ला अदालतले आदेश दिएको खुलासा भएको छ ।
दोलखाबाट निर्वाचित सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो। २०७४ बैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो। खड्का तत्कालीन नेकपा माओवादीका कार्याकर्ता हुन्। स्थानीय निर्वाचन अगाडि गौरीशंकर गाउँपालिका २ जुबुमा कुलबहादुर तामाङको हत्या भएको थियो। त्यही घटनालाई लिएर तत्कालीन नेता देवी खड्का, विशाल खड्का, गंगा कार्की लगायत ३९ जनाविरुद्ध किटानि जाहेरी परेको थियो। प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेर अदालतमा समेत बुझाएको थियो। उनीहरु धरौटीमा रिहा भएका थिए।
वीरध्वज खड्काले गत वैसाख २९ गते काठमाडौं जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गराएका थिए। काठमाडौं जिल्ला अदालतले असोज ८ गते नै सासद गुरुङलाई पक्राउ गर्न पत्र जारी गरेको थियो। सांसद गुरुङले पक्राउ पूर्जी जारी गरेको जानकारी आएको स्वीकार गर्दै भन्नुभयो, ”यो राजनीतिक मामिला हो । मिडियाले उचाल्न खोजे ।”
मुद्धा दर्ता भएको भएको पाँच महिनापछि भदौ १२ गते जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखालाई सांसद गुरुङलाई उपस्थित गराउन पत्र काटेको थियो। तर, अहिलेसम्म सांसद गुरुङलाई प्रहरीले अदालतमा उपस्थित गराएको छैन।
केहि दिन अघि मात्रै नेपाली कांग्रेसका सांसद मोहम्मद अफताफ आलम पनि ज्यान मुद्दामा पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया