एनआरएनएको निर्वाचन लम्बियो : मतदान १० बजेदेखि

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ विश्व सम्मेलन लम्बिएको छ । बुधबार राति ७ बजेदेखि मतदान गर्ने भनिएको भएतापनि प्रतिनिधिहरु मतदानका लागि लाइनमा बसिसकेपछि राति मतदान स्थगनको घोषणा गरिएको थियो । विद्युतीय मतदान गर्ने भोटिङ मेसिनमा प्राविधीक समस्या आएपछि मतदान स्थगित गरिएको आयोजकहरुले जनाएका छन् ।

बुधबार राति स्थगित भएको पदाधिकारीहरुको निर्वाचन आज बिहीबार १० बजेदेखि हुनेछ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरी एनआरएनएको नवौं विश्व सम्मेलन सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?