काठमाडौं । काठमाडौंको तार्केस्वरमा १९ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । किशोरीलाई जबरजस्ती करनी गरेको आरोपमा तार्केश्वर नगरपालिका-६ पैंयुटार बस्ने नुवाकोटका ३८ वर्षीय मिन कुमार लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
तारकेश्वर नगरपालिका-८ शान्तिटोल स्थित सडकमा जितपुर फेदी जाँदै गरेको बा.४ ख ७४७० नम्बरको बसमा लामाले ती किशोरीलाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जितपुरफेदीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया