काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई अराजकताको केन्द्र बनाउन खोजिएको बताउनुभएको छ ।
नेकपाको चितवन जिल्ला समितिले चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले देशभरिका प्रतिगामीहरुको खेल्ने थलोका रुपमा चितवनलाई प्रयोग गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
उहाँले कम्युनिष्ट पार्टीलाई प्रतिगामीबाट खतरा नरहेको बताउँदै आफै भित्र मौलाएको अराजकताले खतरा निम्त्याएको बताउनुभयो । उहाँले नेकपा बिग्रिहाल्यो भनेर आत्तिहाल्नुपर्ने अवस्था नभएको पनि प्रष्ट पार्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया