२४ वर्ष भित्र गरिवी निवारण गर्ने सरकारको लक्ष्य

काठमाडौं । सरकारले २४ वर्ष भित्र मुलुकमा गरिवी निवारण गरिसक्ने लक्ष्य लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले आगामी २४ वर्ष भित्र नेपाललाई गरिवीमुक्त राष्ट्र बनाउने लक्ष्य लिइएको बताउनु भएको हो ।

अन्तराष्ट्रिय गरिवी निवारण दिवसको अवसर पारेर बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गरिवी निवारणका लागि सरकारले सो सम्बन्धि छुट्टै नीति तय गरेको पनि स्पष्ट पार्नुभयो ।

मुलुकमा १८ दशमलव ७ प्रतिशत नागरिक गरिवीको रेखामुनि रहेको सरकारी तथ्यांक छ । सचिव गौतमले गरिवीको रेखामुनि रहेका ती जनसंख्यालाई गरिवीबाट मुक्त गराउन सम्बन्धित सबै पक्षको संयुक्त पहलको आवश्यक्तामा पनि जोड दिनुभयो ।

सचिव गौतमले सरकारले गरिवी निवारणका लागि आयआर्जनका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको पनि उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?