काठमाडौं । क्याट क्विन्स काठमाडौंले महिलाको फ्रेन्चाईज क्रिकेट लिग उमेन च्याम्पियन्स लिगमा पहिलो जीत निकालेको छ ।
काठमाडौंको कीर्तिपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गर्दै क्याट क्विन्स काठमाडौंले पहिलो जीत निकालेको हो । पोखरा पल्टनका लागि कप्तान सिता राना मगरले सर्वाधिक १७ रन तथा विन्दु रावलले १३ रन जोडिन । अन्य खेलाडीले भने दोहोरो अंक जोडन सकेनन ।
पोखरा पल्टनलाई सस्तैमा समटेन क्याट क्विन्स काठमाडौंकी सरस्वती कुमारी र अप्सरी बेगमले २-२ विकेट लिएका थिए । यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको क्याट क्विन्स काठमाडौंले २० ओभरमा ५ बिकेट गुमाएर १५२ रन बनाएको थियो । कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै ८३ रनको अर्धशतकीय इनिङस खेलिन ।
६७ बलको सामना गरेकी रुविनाले १४ चौका र २ छक्का प्रहार गरिन । त्यसैगरी काठमाडौंका लागि रोमा थापाले १९ शोभा आलेले १२ तथा ईश्वरी विष्टले अबिजित १० रन जोडेका थिए ।
बुधबारबाट सुरु भएको सो प्रतियोगितामा ५ मुख्य सहरका ५ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता टोलीले ७ लाख नगदसहितको पुरस्कार पाउनेछन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया