सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने नेता बस्नेतको दावी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दावी गर्नुभएको छ ।

काँग्रे्रस केन्द्रिय सदस्य बस्नेतले सभामुख र उपसभामुख पद फरक-फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै रिक्त सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने तर्क गर्नुभएको हो । संसद सचिवालयका कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिनुभएको थियो ।

सोही पदमा आफ्नो पार्टीको दावी रहेको बस्नेतको भनाई छ । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संविधानमै सभामुख र उपसभामुख पद मध्ये एक पद प्रमुख प्रतिपक्ष दलले पाउने उल्लेख गरिएको दावी पनि गर्नुभयो ।

काँग्रेस केन्द्रिय सदस्य बस्नेतले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणमा भएका सहमति कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुने पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?