स्ट्याण्डर्ड चार्टर्डको शतप्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं, २७ पुस । स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुधबार सम्पन्न गरेको ३१ औं वार्षिक साधारणसभाले सेयरधनीलाई शतप्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ बैंकले एफपीओबाट संकलित प्रिमियम र गत आवको नाफाबाट सेयरधनीयलाई एक बराबर एक कित्ता बोन सेयर वितरण गरेको हो आर्मी अफिसर्स क्लब भद्रकालीमा बुधबार सम्पन्न साधारणसभामा सम्बोधन गर्दै बैंकका अध्यक्ष जितेन्दर अरोराले नेपालको आर्थिक विकासमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे सभाले बोनसमा लाग्ने कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लभांश समेत अनुमोदन गरेको छ भने अधिकृत पुँजी ९ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गरेको छ ४ अर्ब ५७ लाख १५ हजार रुपैयाँ रहेको चाटर्डको शतप्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब एक करोड १४ लाख रुपैयाँ पुगेको छ गत आर्थिक वर्षमा बैंकले एक अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सो अवधिमा कम्पनीको व्यवसाय २५ प्रतिशतले वृद्धि भएर ३९ अर्ब ७३ करोड रुपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?