मकवानपुर । चर्चित सञ्चारकर्मी रवि लामिछानेले विदेश जाँदा अदालतको अनुमति लिनु नपर्ने भएको छ । बिहीबार उच्च अदालत हेटौँडा इजलासले चितवन जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध विदेश जाँदा अदालतको अनुमति लिनुपर्ने जिल्ला अदालतको आदेश बदर गरिदिएको हो ।
रवि लामिछाने र युवराज कँडेललाई स्वास्थ्य उपचारका लागि विदेश जाँदा अनिवार्य अदालतको अनुमति लिनुपर्ने चितवन जिल्ला अदालतको आदेशलाई उच्च अदालत हेटौँडा इजलासले बदर गरेको हो ।
विदेश जाने प्रावधान बाहेक चितवन जिल्ला अदालतबाट भएको आदेश नै उच्च अदालतले सदर गरिदिएको छ । न्यायधीशद्वय महेन्द्रनाथ उपाध्याय र चण्डीराज ढकालको इजलाशले विदेश जाँदा अदालतको अनिवार्य अनुमति लिनुपर्ने आदेश भने बदर गरेको हो ।
चितवन जिल्ला अदालतले सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रुकु कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो । यस्तै लामिछाने र कँडेललाई भने जनही क्रमशः ५ लाख र ३ लाख रुपैयाँ धरौटी हिरासत मुक्त गराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया