सामुदायिक लघुवित्तले साधारण सेय (आईपीओ) निष्कासन गर्ने

काठमाडौं, २७ पुस । काभ्रेको साँगामा मुख्य कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संख्या लिमिटेडले माघ ९ गतेदेखि साधारण सेयर (ओईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ३ करोड बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो तीन लाख कित्तामध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसधारण लगानीकर्ताले दुई लाख ७३ हजार कित्ताका लागि मात्र आवेदन गर्न पाउँनेछन् संस्थाको आइपीओमा न्यूनतम ५० र बढीमा एक हजार पाँच सय कित्तासम्म आवेदन गर्न पाईनेछ । प्रत्येक आवेदकलाई न्यूनतम दश कित्ता सेयर अनिवार्य भएकाले ५० कित्ता भन्दा बढी आवेदन गर्नु फाईदाजनक नहुनसक्छ धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । आईपीओ निष्कासन छिटोमा माघ १२ र ढिलोमा फागनु ८ गते बन्द हुने एसबीआईले जनाएको छ ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्कासन पश्चात चुक्ता पूँजी दश करोड रुपैयाँ पुग्नेछ । आइपीको निष्कासन पश्चात कम्पनीमा संस्थापक लगानीकर्ताको ७० प्रतिशत तथा साधरण लगानीकर्ताको ३० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?