काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित हुनुभएको छ ।
आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै एनआरएनएको अध्यक्ष पन्त विजयी बन्नुभएको हो । एनआरएनएको नयाँ कार्यकालका लागि बिहीबार निर्वाचन भएको थियो ।
यस्तै एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ । मतगण्ना सकिएसँगै निर्वाचित पदाधिकारीको नामा समेत सार्वजनिक भएको छ ।
अध्यक्ष पन्तको कार्यकालकाे लागी भने उपाध्यक्षमा मिश्रित परिणाम आएको छ । उपाध्यक्षका लागि भएको निर्वाचनमा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनम लामा, मन केसीर रविना थापा विजयी हुनुभएका भएका छन् । उपाध्यक्षमा विजयी हुनुभएका भएका केसी र थापा कूल आचार्य प्यानलका हुनुहुन्छ ।
त्यस्तै डा. हेमराज शर्माले महासचिवमा विजय हासिल गर्नुभएको छ । भने गौरी जोशी र आरके शर्माले सचिव पदमा विजयी हुनुभएको छ । साथै कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः महेश श्रेष्ठ र लोक दाहाल चयन हुनुभएको छ ।
निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहनुभएको थियो । साथै अन्य सदस्यको नाम भने आउन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया