काठमाडौं, २७ पुस । नेपाल–भारत प्रवुद्ध इपिजीको छैटौं बैठक आजबाट भारतको राजधानी नयाँदिल्लीमा सुरु हुँदैछ दुई दिनसम्म चल्ने उक्त बैठकमा नेपाल र भारतबीच विगतमा भएका सन्धी सम्झौताको पुनरावलोकन गर्ने विषयमा छलफल हुनेछ त्यस्तै, इपिजीका पछिल्ला बैठकमा नेपाल र भारतबीच सन १९५० मा भएको शान्ति तथा मैत्री सन्धी पुनरावलोकन पनि छलफलको मुख्य एजेण्डामा रहेको छ बैठकमा सीमा सुरक्षा व्यवस्थापन, जलश्रोत, दुई देशबीचको व्यापार लगायतका विषयमा पनि छलफल हुने बताइएको छ इपिजी बैठकमा नेपाल र भारतका तर्फबाट चार–चार जना सदस्य छन् । बैठकमा नेपालका तर्फबाट संयोजक डाक्टर भेषबहादुर थापासहित सदस्यहरु नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डाक्टर राजन भट्टराई रहेका छन् भने भारतका तर्फबाट संयोजक भगतसिंह कोस्यारीसहित सदस्यहरू जयन्त प्रसाद, महेन्द्र पी. लामा र बिसी उप्रेती बैठकमा सहभागी हुनेछन् २०७२ सालमा गठन भएको इपिजी बैठक नेपाल र भारतमा पालैपालो हुँदै आएको छ । नेपाल भारतबीच रहेका सम्पूर्ण सन्धि सम्झौताको समीक्षा गरि प्रतिवेदन बुझाउन इपिजीलाई दुई वर्षको समय दिइएको छ । दुवै पक्षले साझा प्रतिवेदन लेखेर आ–आफ्ना सरकारलाई बुझाउने छन् इपिजीको कार्यकाल आगामी असार २१ गते सकिँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया