महरालाई पुन: म्याद थपका लागि अदालत उपस्थित गराइँदै

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई अनुसन्धान गर्न प्रहरीले आज फेरि म्याद थप गर्ने भएको छ ।

यसअघि प्रहरीले तीन दिन म्याद थपेको थियो तर, अनुसन्धान पूरा नभएपछि आज पुन: म्याद थपका लागि महरालाई अदालत उपस्थित गराउन लागिएको हो । आइतबार दिउँसो फेरि जिल्ला अदालत काठमाडौंमा लगेर म्याद थप गरिने काठमाडौं प्रहरीले जनाएको छ ।

संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले गत असोज १९ गते महरालाई पक्राउ गरेको थियो । बीचमा दशैं विदा परेकाले म्याद थप गर्न नसकेको प्रहरीले गत असोज २८ गते अदालतबाट तीन दिनको म्याद थप गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?