काठमाडौं । सुनसरीमा मादक पदार्थ सेवन गरी एक प्रहरीले एकल महिलालाई बलात्कार गरेका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका -४ स्थित पत्रङबारी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक पिताम्बर अधिकारीले घरमै पुगेर बलात्कार गरेको महिलाले आरोप लगाएकी छिन् ।
मादक पदार्थको नशामा रहेका प्रहरी सहायक निरीक्षक अधिकारीले गएको बुधबार मध्यरातमा घरमा सुतिरहेका बेला घरमा प्रवेश गरी आफूमाथि जबर्जस्ति करणी गरेको ती महिलाले प्रहरी समक्ष बयान दिएकी छन् ।
‘पीडित’ महिलाले शनिबार इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएपछि अधिकारीलाई पक्राउ गरिएको छ ।
अधिकारीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया