काठमाडौं/लोकनाथ पौड्याल । ‘परोपकाराय पुण्याय, पापाय पर पीडनम’ यस ऋषि वाक्यमा अरुहरुको उपकार गर्नु पुण्य हो र पुण्य कर्म नै धर्म हो र अरुहरुको अपकार गर्नु पाप हो र पाप कर्म नै अधर्म हो भन्ने अर्थबोध भएस“गै मलाई धर्मको अझ गहन गुढार्थ बोध गर्ने चाहना भयो । योस“गै वेदान्त दर्शनमा उल्लेखित धर्मको परिभाषा “धारणात् धर्म”, “धरती इतिः धर्म”, अवगत भए पश्चात् यसको सामान्य अर्थमा धर्म भनेको धारण गर्नु हो र के धारण गर्नु भन्दा, एउटा आदर्श मनुष्य हुनका लागि कुन कुन गुणको आवश्यकता पर्दछ, ती सबै गुण र स्वभावहरु आफूले धारण गर्नु धर्म हो ।
धर्मको अर्को विशेष अर्थमा चाहिँ म इन्द्रियद्वारा सञ्चालित शरीर होइन, मनद्वारा सञ्चालित इन्द्रिय होइन, बुद्धिद्वारा सञ्चालित मन पनि होइन, अहंकारद्वारा सञ्चालित बुद्धि होइन र आत्माद्वारा सञ्चालित अहंकार पनि होइन, म नित्य, शुद्ध, बुद्ध, शाश्वत, स्वयं प्रकाशित परम तत्व आत्मा हुँ, जसलाई ध्यान साधनाद्वारा मात्र बोध गर्न सकिन्छ, साक्षात्कार गर्न सकिन्छ । त्यो परम तत्व मेरो वास्तविक आफ्नै स्वरुप हो भन्ने भाव, अहर्निश धारण गरिरहनु धर्म शब्दको गुढ अर्थ हा,े मूल अर्थ हो, सर्वव्यापी शाश्वत अर्थ हो र धर्मको मलाई चित्त बुझेको अर्थ पनि यही नै हो ।
हामी विश्वका ९० प्रतिशत मनुष्य धर्मको बोक्रोमा नै अल्मलिरहेका रहेछौं, गुदी थाहा नै छैन । यो अर्थबाट प्रभावित भई मैले एउटा भजन सृजना गरेको छु, जसको शुरुवात यस्तो छ –
आकाश एउटै,ईश्वर एउटै धर्म एउटै जानौं ।
प्राणी भित्र एउटै आत्मा, सबै आफ्नै ठानौं ।।
यो अनन्त कोटी विश्व ब्रम्हाण्डमा आकाश एउटै छ, मूल ईश्वर एउटै छ र मूल धर्म (माथि उल्लेखित धर्म) पनि एउटै छ । विश्वका आजका सात अर्ब मनुष्यले शास्त्रोक्त धर्मको मर्म र अर्थ बुझ्ने हो भने आज राम र रहीम, सीया र सुन्नि, क्याथोलिक र प्रोटेस्टेन्ट र हाम्रै देशका सयौं धर्म सम्प्रदायहरु बीच, मेरो धर्म ठीक, मेरा गुरु ठीक, तेरोे धर्म बेठीक, तेरा गुरु बेठीक भन्ने सम्प्रदाय सम्प्रदाय बीच युगौ देखि जुन द्वन्द्व चलिआएको छ समाजलाई यसबाट मुक्ति दिलाई सही मार्गदर्शन गराउन मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च धार्मिक संघ संस्था आदि निर्माण गरिएका छन्, तर तिनीहरु नै अन्यौलमा परि रहेको अवस्था छ । वैदिक सनातन हिन्दू धर्मको वास्तविक मर्म नबुझ्ने र बुझेर पनि बुझ पचाउनेहरुबाट धर्मका नाममा बलीको विपरित अर्थ लगाई लाखौं निर्दोष प्राणीको भोग दिने गरेको देखिन्छ ।
बलीको अर्थ त्याग गर्नु हो । व्यक्तिसँग भएका अवगुणहरु जसले व्यक्तित्व बृद्धिमा अवरोध पु-याई रहेका हुन्छन् तिनीहरुलाई त्याग गर्नु वास्तवमा बलीको अर्थ हो । “धर्मो रक्षति रक्षितः” अर्थात हामीले धर्मको रक्षा ग-यौं भने, त्यो रक्षित धर्मले मानव मात्रको मात्र नभै सम्पूर्ण प्राणी र वनस्पति जगत्को नै रक्षा गर्दछ भन्ने वेदशास्त्रको उद्गारलाई हृदयङ्गम गरी, हामी पूर्वाञ्चलवासी र प्रवासी दाताहरुकोे दीर्घ प्रयत्नमा, पूर्वमा, पूर्वीय वैदिक सनातन धर्म र वेदान्त दर्शनको रक्षा, सम्वद्र्धन र बोधार्थ हेतु, एउटा सामान्य फुटेको पानीको मूलबाट एउटा विशाल अर्जुनधारा पोखरी र एउटा सामान्य काठको शिव मन्दिरबाट बागमती किनार स्थित पशुपतिनाथको मन्दिर जस्तै, छानामा ताम्रपाता जडित र गजुरमा स्वर्णलेपन पेगोडा शैलीको एक भव्य मन्दिर र मन्दिरसँग सम्बन्धित दर्जनांै संरचनाहरु निर्माण भइसकेका छन् । यो मन्दिरको ऐतिहासिक महत्व र भव्यतालाई आँकलन गरेर हाल आएर यस मन्दिरले एउटा घामको रुप लिइसकेको छ र ”पूर्वका पशुपतिनाथ” नामले प्रसिद्धि पनि कमाइ सकेको छ ।
मेरो आफ्नो सुक्ष्म अनुभवमा भन्नुपर्दा, झापा जिल्लाको पुरानो ऐतिहासिक बजार, शनिश्चरे बजार र पुरानो गाउँ पाराखोपिको सीमानामा अवस्थित हालको ख्याति प्राप्त “अर्जुनधारा धाम” को इतिहास एक सन्त महात्मासँग जोडिएको छ । हाल मूलमन्दिर निर्माण भएको ठाउँ २०२१-०२२ सालसम्म घना झाडीले ढाकिएको थियो ।
२०१७ सालको कुरा हो, १२ वर्षको आसाम बसाइ पश्चात्, स्वदेश फर्की, पुरानो थलो इलामको लक्ष्मीपुर आई तत्पश्चात् समतल ठाउँको खेतीयोग्य जमिनको खोजिमा पाराखोपि (हालको अर्जुनधारा – ७) स्थित बुधबारेका जिमिन्दार चन्द्रप्रसाद प्रसाईको फूलमतिस्थित जमिन ठेक्का लिइ हामीले खेती गर्न शुरु गरेका थियौं । खेतका किनारमा एउटा कुवा थियो ।
एकदिनको कुरा हो, त्यो कुवामा पानी भर्न आउने पधेरनीहरुले कुवाको समिपमा एकजना जटाधारी अर्धनग्न साधु तपस्यारत् रहेको हल्ला फैलाएपछि यथार्थता बुझ्नका लागि मेरा जेठा दाजु राम प्रसाद पौड्याल पनि त्यहाँ पुग्नु भएछ । नभन्दै त्यहाँ साधु देख्नु भएछ । दाजु किशोर अवस्था देखि नै अध्ययनशील र अध्यात्म चिन्तक हुनुहुन्थ्यो र अद्यावधि पनिहुनुहुन्छ, (हाल वहाँ वेदान्त दर्शनसँग सम्बन्धित् विचार प्रधान आध्यात्मिक प्रतिष्ठान जनकपुर पीठको पीठाधीस हुनुहन्छ) । वहाँलाई घाम–पानी, हावा हुरी केहीको पर्वाह नगरी, निर्दोष शरीर र इन्द्रियलाई भारी कष्ट दिएर ती साधुले साधना गरेको वहाँलाई पटक्कै चित्त बुझेनछ र ती साधुको आफू तर्फ ध्यानाकर्षण गर्ने मनसायले वहाँले “अच्यूताष्टकम् श्लोक” अच्यूतम् केशवम् राम नारायणम्, कृष्ण दामोदरम् ……” सबै कष्ठस्थ सुनाउनु भएछ, अनि शरीरलाई यातना दिएर होइन साधनको रुपमा मात्र लिएर शरीरको पनि रक्षा गर्दै ब्रह्म साक्षात्कार गरी सिद्धि लाभ गर्न सकिने कुरा बताउनु भएछ । उपयुक्त सबै कुरा सुने पछि ती मौनि बाबाले प्रसन्न मुद्रामा मुन्टो हल्लाउनु भएछ, दाजु रामप्रसाद पनि खेतको आफ्नो कटेरो तर्फ लाग्नु भएछ ।
२०१७ सालको देशको विषम परिस्थितिको समय भएकोले ”मुण्डे मुण्डे मर्तिर्भिन्न भनेझै, ती साधुलाई कसैले राजाको त कसैले विभिन्न पार्टीको गुप्तचर हुन सक्ने अड्कल काटि टेढा नजरले हेर्न पनि थालेछन् । उनी प्रति दर्शाइएको अश्रद्धाको कारणले हो कि किन हो, केहि समय पछि ति साधु त्यहाँबाट अलप भएछन् ।
२०२२ सालमा फेरि यस क्षेत्रमा साधुका दुईवटा घटना घटे । एउटा कालिस्थान र अर्को पाराखोपि खसि हट्टि क्षेत्रमा । कालिस्थान स्थित कालिका मन्दिर परिसरमा करीब दुईसय वर्ष पुरानो ऐतिहासिक बटबृक्ष मुनि एकजना जटा लगौटी घारी साधु अचानक देखा परे । भिक्षाटन नगर्ने, नसोधि नबोल्ने, फलाहार ग्रहण गर्ने, भष्म धारणगरी सामुन्ने त्रिशुल, चिम्टा गाडेर ध्यान मग्न रहने । मन्दिरमा आफै आएर बसेका, शान्त र शिष्ट स्वभावका देखेर, कालिस्थान निवासि हामी सबैले उनलाई निकै आदर, सत्कार गर्न थाल्यौं । नाम सोध्दा उनले चिन्तामणि दास बताए ।
एकदिनको कुरा हो, “माघे जाडो दन्त बजाई” त्यहीं माथि पानीपरि सिरिटो पनि चलिरहेको थियो । ती अर्धनग्न साधुलाई जाडोले काम छुटेछ र केही ओड्नु पाएत बाँचिने थियोहोला भन्ने सोच्दै गरेको बेला, सधैं एक दर्जन पोशाक शरीरमा धारण गरी त्यहीँ माथि राडिपाखिको बक्खु लगाई, अगाडि बाटोमा हिड्दै गरेका कालिस्थान निवासी धनी, मानि, ध्यानी, दलमान सिंह तामाङ, “चैनपुरे बा” लाई देखेछन् र कपडाको खात पट्टि आकर्षित हुन्छन् र बा कै पछिपछि घर पुगि ”एउटा केही ओड्ने भए पाउन हजुर” भनेछन् । एक दर्जन एक वटा लुगा लगाएका बा को पालो, ‘नागा साधुलाई के खान चाहियो कपडा, छैन कपडा सपडा‘ भनी भाले सातो खाएर रित्तैहात फर्काएछन् । साधु रीसले च्रर हुँदै फनक्क फर्केर आफ्नो अखडामा गई लगाएको लँगौटी समेत फ्याँकी सडकमा नाङ्गै ठिङ्ग उभिएछन् । बाटो हिड्नेहरु तीन छक्क परि डराई डराई तर्केर किनारबाट हिड्न थालेपछि कालिस्थान क्षेत्रमा केही समयका लागि साधु आतंकनै फैलिएछ । यो समाचार चैनपुरे बा का कानमा पुगेछ, लौ के के पो भएछ भन्दै घरबाट एउटा कम्बल ल्याई साधुलाई ओढाई साधुको लज्जा ढाकि हात जोडी माफि मागेछन् ।
पाराखोपि क्षेत्रमा भएको घटनामा, २०१७ सालमा फूलमतिमा अचानक देखापरि केहीसमय पश्चात् गायब भएका उनै साधु पाँच वर्ष पछाडि खसिहट्टि नजिकै हठात् देखा पर्दछन् । पहिले देखेकाहरुले ‘उनै साधु पो रहेछन्, जटारदारी चाँही धेरै लामा भएछन् । एउटा कुरा फरक रहेछ, पहिले हात खडा थिएन, अहिले आकाश तर्फ एउटा हात खडा रहेछ र सुकेको पनि रहेछ । फलाहारीमौनिबाबाको शान्त स्वभाव, उच्च ललाट र अहर्निश प्रशन्न ध्यानमग्न मुद्रा देखेर स्थानीयले ठूलै महात्मा ठहराई आदर सत्कार र सेवा गर्न थाले । हात खडा देखिएकोले मौनीबाबा भन्दा पनि यि बाबालाई सबैले खडेबाबा भन्न थाले ।
एकदिनको कुरा हो, गाउँले बुज्रुगहरु पदम बहादुर काफ्ले, भीम बहादुर खड्का, हेम बहादुर थापा, चिया दोकानमा एक आपसमा भेट हुँदा, दोकानमा ती साधुको प्रशंङ्ग चलेछ, अनि साधु बारे जिज्ञासा उत्पन्न भएको हुँदा, समीपमा गई वहाँको परिचय र यस ठाउँमा ध्यान मग्न हुनु र एउटा हात खडा गरि रहनुको उद्देश्य बारे सोद्धा, बाबाले भुईमा कोरेर यस्तो उत्तर दिनुभयो,‘नाम नरनाथ मिश्र, घर मालनेटा गाउँ, जिल्ला सल्यान, सिद्धि प्राप्तीको कामनार्थ दाहिने हात भाष्कर भगवानलाई अर्पण गरेको हुँ, अन्यत्र भन्दा यो जलाशय परिसरमा बसेर अविलम्ब ध्यान लाग्यो, यो ठाउँ अति पवित्र रहेछ,कहिलेत्यो जलाशयको समीपमा र कहिले श्रद्धालु भक्तजनहरुका पवित्र पाइला पर्ने स्थानमा यहाँ ध्यान साधनमा बस्दै आएको छु ।
बाबाका कुरा सुनेर प्रभावित हुँदै वहाँहरुले बाबालाई यस पवित्र ठाउँमा अब हामीले के गर्नु पर्दछ भनी सोद्धा, बाबाले ‘भोली विहान म त्यो जलाशयको पूर्वी किनारामा हुन्छु, तपाईहरु त्यहीं आउनु होला, कुनै बीर पुरुषले यहाँ शिवको आराधना गरी शिवशक्ति प्राप्त गरी पवित्र गंगा जलधारा प्रवाहित गराएको रहेछ, यसर्थ यहाँ एउटा शिव मन्दिरको निर्माण गर्न अत्यन्त आवश्यक भएकोले त्यसको शिलान्यास गर्नुपर्दछ‘ । नभन्दै बाबाले भने बमोजिमनै उक्त ठाउँमा सबै भेला भई बाबाको हातबाट शिवमन्दिरको शिलान्यास भयो । शिलान्यासका भोलीपल्ट देखि खडेबाबा यस क्षेत्रमा देखिएनन्, सबैलाई ताजुब लाग्यो, कसैले शनिश्चरे बजार स्थित नीमको बोटनेर देखेको त कसैले साधुटार तर्फको बाटो भएर जाँदै गरेको देखेको बताए । त्यसदिन देखि आजसम्म कुनै पत्तो अत्तो छैन ती बाबाको ।
स्थानीय समाजसेवी द्रिप कुमारी भट्टराईबाट उपलब्ध रु. १०÷–कोपहिलो सहयोगमा, शनिश्चरे मा.वि. का हामी शिक्षक समूह र केही अभिभावकहरुबाट व्यक्तिगत तीन रुपैयाँ देखि पन्ध्र रुपैया सम्मको आर्थिक सहयोग जुटाई शनिश्चरे मा.वि. पि.टि. तथा स्काउट्स प्रमुख शिक्षक, यस लेखका पंतिकारहरुको, नेतृत्वमा तीस जना स्काउट्स टोलीको सहयोगमा झाडी र लहराले बेश्टित उक्त जलाशयलाई ठूलो परिश्रमका साथ सफा गर्ने कार्यसम्पन्न भए पश्चात् उक्त स्थानको सात ठाउँबाट मूल फुटेको पत्ता लागेको र त्यसरी पत्तालबाट मूल फुटेर बगिरहेको पानीलाई दक्षिणपट्टि बाँध बाँधे पश्चात् त्यो छिपछिपे पानी भएको स्थल करीब पाँच हजार वर्ग मिटर क्षेत्रफल भएको रमणीय पोखरीमा परिणत भयो । त्यो जमेको पानीलाईपछि पाँचवटा ताम्र–धाराबाट दक्षिणतर्पm प्रवाहित गरियो, जहाँ श्रद्धालु भक्तजनहरु आजभोली स्नान गरी आफूलाई कृत्य कृत भएको महशुस गर्दै आईरहेकाछन् ।
प्रारम्भिक चरणमा समाजसेवी पटवारी हरिविलास बनको अध्यक्षतामा १३ सदस्यीय निर्माण समिति गठन भई पश्चिम तर्फ मात्र एउटा ढोका भएको काठको सामान्य मन्दिर निर्माण गरियो । केही समय पछि जलाशयको पानी सुक्न थालेकोले ‘लौ अनर्थ पो भएछ‘ भनि मन्दिरको पूर्व पट्टि पनि ढोका बनाई इलाम जितपुरबाट एकजना पौड्याल थरीका ब्राम्हणलाई झिकाई मन्दिरमा विधिवत् शिव पूजन गर्न थालियो र त्यस पछि त्यो जलाशयको पानी क्रमशः बढ्दै गई आजका मितिसम्म कहिल्यै त्यसरी सुकेको छैन र यो धरती रहेसम्म यो अर्जुनधाराको जल सुक्दैन भन्ने जन विश्वास रहि आएको पनि छ ।
सयांै भूमिदाताहरुबाट दान स्वरुप भूमि प्राप्त हुन थाले पछि मन्दिरको क्षेत्रफल विस्तार हुँदै गयो र आवश्यक संरचनाहरु बन्दै गई २०३९ सालमा मूल मन्दिरको स्तरोन्नति पनि भयो । स्थानीय समाजसेवी ज्यो. पं. दुर्गा प्रसाद खरेलको अध्यक्षकालमा यस मन्दिरको विकासले ठूलो फड्का मा¥यो। यही सालबाट प्रत्येक वर्ष १८ वटै महापुराण वर्षेनि क्रमशः लगाउँदै जाने निर्णय बमोजिम १८ वर्षमा लगाई सकेर पूनः दोहोरिने क्रम हुँदै आई रहेको छ । शुरुका वर्षका दुई पुराण पं. श्री कृष्ण प्रसाद मिश्रज्यू र २०७४ साल सम्मका अन्य सम्पूर्ण पुराणहरु आचार्य पं. श्री पुष्पलाल निरौलाज्यूको प्रमुख वाचकत्वमा सु–सम्पन्न भए ।
संस्कृत र नेपाली दुबै भाषाका प्रकाण्ड विद्वान एक जल्दो बल्दो युवा शक्ति गुरु पुष्पलाल निरौलाज्यूको अर्जुनधारा क्षेत्रमा बसोवास भई अर्जुनधारा मन्दिरको र गुरुकुलको प्रमुख जिम्मेवारी सम्हाले पश्चात् मन्दिरमा उच्च कोटीको बहुमूल्य शिवलिङ्गको स्थापना र राजधानी स्थित पशु्पति नाथको मन्दिर जस्तै पेगोडा शैलिमा यो भव्य मन्दिर निर्माण पश्चात् यसले एउटा सामान्य मन्दिर मात्रै नभै ‘पूर्वका पशुपति नाथ‘ नामबाट एउटा ठूलो घामको रुपमा ख्याति आर्जन गरि सकेको छ ।
महाभारतको कथामा आधारित कथाका वीर पात्र अर्जुनले तिर्खाएर व्याकुल भएका गौमातालाई पानी पिलाउन हेतु शिव बाबाको स्तुतिबाट प्राप्त पर्जन्य अस्त्रको प्रयोगबाट पातालबाट जलधारा निकालि गौ–तृष्णा मेटाएको पाँचहजार वर्ष पुरानो यसको इतिहाससँग जोडिएकोले यस धामको नाम अर्जुनधारा जलेश्वर घामले प्रख्यात हुन पुगेको छ । यहाँ विशेष गरी महाशिवरात्री, वार्षिक पुराण, वाला चर्तुदर्शी पर्व,साउने सबै सोमबार, वडादशै, छटपर्व, तीज र तिहारमा आन्तरिक र बाह्य पर्यटकहरुको ठूलो जमघट हुनुका साथै खेल, तमासा आदि दर्जनौ मनोरञ्जनात्मक कार्यक्रमहरु हुने गर्दछन् । पूर्वाञ्चलको प्रख्यात् शिव मन्दिर भएकोले बाला चर्तुदशि पर्वका बेला लगभग चारलाख जति श्रद्धालु भक्तजनहरुको घुँइचो लाग्ने गरेको छ ।
एउटा सामान्य मन्दिरलाई धामको यस रुपसम्म ल्याई पु¥याउनमा आन्तरीक र बाह्य धेरै धर्मप्रेमी सहयोगी दाताहरु र प्रारम्भिक कालदेखि हाल सम्मका अध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत मन्दिर व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरुको अहम् भूमिका रहेको छ । वहाँहरु सबैको नाम यहाँ उल्लेख गर्न असक्षम भएकोले म क्षमा प्रार्थी छु ।
२०१७ साल देखि आजसम्म हाम्रो परिवार शनिश्चरे क्षेत्रमा बसोवास गर्दै आएको र त्यस बेला देखिनै आजसम्म आफू र आफ्नो परिवारको यो धामसँग कुनै न कुनै रुपमा संलग्नता रहि आएकैछ । यहि सम्बन्धको परिप्रेक्षमा अर्जुनधारा घामसँग सम्बन्धित चारवटा प्रशंग म यहाँ उल्लेख गर्न चाहन्छु ।
पहिलो प्रशंग – कुनै पनि धार्मिक संस्थामा प्रारम्भिक कालमा निर्माण गरिएका संरचनाको ठूलो ऐतिहासिक महत्व रहेको हुन्छ । अर्जुनधारा शिवालय मन्दिरको उत्तर तर्फ, करीब ३५ वर्ष अगाडि माता द्रिप कुमारी भट्टराईले आफ्ना दिवंगत पतिदेव ज्ञानीराम भट्टराईका स्मृतिमा एउटा पक्की फलैचा र माता मेनुकादेवी पौड्यालले आफ्ना दिवंगत पतिदेव गंगा प्रसाद पौड्यालको स्मृतिमा एउटा पक्की फलैचा र ईशान कोणमा एउटा पक्का तुलसीको मठ निर्माण गरेकोमा तुलसीको मोठ चाँही मन्दिरको पूर्व दिशामा स्थानान्तर गरिएको देखिन्छ तर निर्मित ती दुईवटा फलैचाको कहीं नाम निशान छैन । यस्तो भएमा दाताहरुको मन कुँडिने साथै पितृहरुको पनि श्रापको कोप – भाजन हुने त्रास भएकाले, धाम व्यवस्थापन समितिले यस तर्फ विशेष ध्यान पु-याई दिनु भई तोडिएका संरचनाहरु दाताका सन्ततिहरुसँग सहकार्य गरी यथायोग्य स्थानमा पूनः निर्माण गर्न अत्यावश्यक देखिन्छ ।
दोस्रो प्रशंग – महाशिवरात्रिको प्रातःकालमा शिवलिङ्ग दर्शनार्थ मन्दिर अगाडि म के पुगेको मात्र थिएँ, त्यो ठूलो भीडभाडको बीचमा धाम अध्यक्षश्री बृजमोहन गट्टानीसँग जम्काभेट भयो । देख्ना साथ बहाँले ठूलो स्वरमा भन्नु भयो, ‘ओहोः सर, कस्तो अचम्मः मन्दिरको छत्को आग्नेय कोणको टुँडाल यतिका दिन सम्म किन निर्माण नगरी मन्दिर अधुरो राखेको भनेर शिव बाबाले आज विहानका राती सपनामा मलाई आक्रोस व्यक्त गर्दा मैले दाताको खोजिमा छु बाबा भनेर भन्दा, लोकनाथ सरसँग कुरा राखि हेर काम हुन्छ भनेर भन्नु भयो, र अहिले तपाईसँग ठ्याक्क भेट पनि भयो भन्दै रु दशहजार लाग्छ, सो नभएर काम अड्केको हो भनेर अध्यक्षले मलाई भन्नु भयो ।
व्यबहारमा मिल्ने साथी, कहिल्यै ख्याल ठट्टा नगर्ने, नढाट्ने पनि धामको अध्यक्ष जस्तो व्यक्तिले महाशिव रात्रीकै विहान मन्दिरकै अगाडि झुटो बोलेको भनेर कसरी भनुँ र साँचो भनौ भने पनि सपनाको कुरा त्यही माथि अर्काले देखेको, कसरी साँचो भन्नु र मान्नु । म दोधारमा परेको देखेर ‘हो पत्याउनुहोस्‘भनेपछि अध्यक्षको सपनाको कुरा साँचो झुटो जे भएतापनि महाशिवरात्री पर्वको दिन मन्दिरको छतको टुँडाल किनेर दान गर्न पाउनु ‘अहो भाग्यको कुरा‘ ठानि मैले त्यसै दिन विहान रु. १०,०००÷– ल्याई अध्यक्षको हातमा दिएँ, १५ दिन भित्रमा त्यो अपुरो कार्य पूराभई धामको मन्दिरले पूर्णता प्राप्त ग-यो।
तेस्रो प्रशंग – आचार्य पं. पुष्पलाल निरौलाज्यूलाई ब्रेन ट्यूमरको अप्रेशन पश्चात् आरामका लागि घरमै ल्याइएको थियो । वहाँकी धर्मपत्नी, हाम्री चेली इन्द्रलक्ष्मी निरौलासँग अचानक बजारमा भेट हुँदा ‘घरमा हठात् ठूलो आपत् आई लाग्यो सर, बेला बखत आई दिदै गर्नु प-यो, भनेकी हुँदा, म गुरुजीलाई हेर्न र स्वास्थ्य स्थिति बुझ्न समय निकालेर भए पनि जाने गरेको थिएँ । एकदिनको कुरा हो, कोठामा पुग्दा वहाँ उत्तानो परेर लमतन्न सुत्नु भएको रहेछ । वहाँका पिताजी र धर्मपत्नीसँग वहाँको स्वास्थ्य स्थिति बुझे पनि वहाँहरु आ–आफ्ना काममा लाग्नु भयो । घातक विमार लागेर अप्रेशन गरेका गुरुजी समक्ष मलाई एउटा अनौठो प्रश्न राख्न मन लाग्यो र सोधें पनि, ”गुरुजी, अप्रेशन सफल भयो र अहिले म यहाँ हेर्न आएँ र हामी दुई जना थोरै बात मार्दै छौं । यदि त्यो अप्रेशन असफल भई दिएको भए शास्त्र अनुसार गुरुजी यहाँ नभएर अन्तै कत्तै गई सकेको हुनु हुन्थ्यो । त्यस्तो स्थितिमा यहाँ आफूलाई मत्र्यलोक, पितृलोक, स्वर्गलोक, बैकुण्ठलोक, ब्रम्हलोक आदि यी विविध लोक मध्ये कुन चाहिँ लोकको कामना गर्दै यो नश्वर देह त्याग गर्नु हुन्थ्यो होला ।
यस्तो प्रश्न सुनेर वहाँ बोल्नु भएन, मलाई लाग्यो यस्तो बेला यस्तो प्रश्न सोधेर लोकनाथले अनुचित कार्य गरे ठानी वहाँ रुष्ट हुनुभयो । तर केही क्षण पछि मलिन स्वरमा भन्नु भयो, ‘म यही पृथ्वी लोकमा आउने कामना गर्ने थिएँ । यहाँ जस्ता विद्वान, ज्ञानीले दिव्यलोक तर्फ नगई यो मृत्युलोक नै कामना गर्नुको राज चाँही के होला गुरुजी भन्दा, वहाँले भाव विह्वल हुँदै भन्नुभयो, जीवनमा म पूरै आयु बाँच्दछु भन्ने भ्रममा परी, मेरो जीवन कालमा यति काम गरेरै छोड्छु भनेर संकल्प गरिहाल्नु नहुने रहेछ, मलाई यहि उमेरमा यस्तो होला भन्ने पूर्व ज्ञान भएको भए तीन वटा संकल्प गरि हाल्ने थिइँन, ठूलो गल्ती गरेंछु, गरेका संकल्प पूरा नगरेमा देवदण्ड, पितृदण्ड भोग्नु निश्चित छ । दण्डबाट बच्नका लागि मैले फेरी पृथ्वी लोकमै जन्म ग्रहण गरी यो जन्ममा गरेका बाचा अर्को मनुष्य योनिमा पूरा गर्नु बुद्धिमानी हुने भएकोले मेरो कामना अन्यत्रको नभई पृथ्वीलोकको नै हुने एक मात्र कारण हो । ‘गुरुजीको यस्तो रहस्यमय कुरा सुनेर मलाई ज्ञानी मनुष्यका जीवनमा यस्तो परिस्थिति पनि पो आउँदो रहेछ भन्ने सोचले मलाई पनि केही क्षण भाव गम्भीर तुल्यायो ।
चौथो प्रशंग – नेपालमा पहिलो पटक २०२३ सालमा दर्ता भई अद्वैत मार्ग काठमाण्डुमा केन्द्रीय कार्यालय रहेको नेपालको एकमात्र आध्यात्मिक प्रतिष्ठान, ‘नेपाल अद्वैत संस्था‘ को मेची अञ्चल शाखा कार्यालयको उद्घाटन २०३५ सालमा तत्कालीन मन्त्री लीलाराज विष्टबाट शनिश्चरे, कालिस्थानमा उद्घाटन भए पश्चात् वेदान्त दर्शनमा आधारित पूर्वीय दर्शन सम्बन्धमा अर्जुनधारा धाम लगायत यस क्षेत्रका विभिन्न स्थानमा अध्ययन, सत्संग, प्रवचन, चिन्तन मनन गर्ने ऋषि परम्पराको थालनी भएको थियो । संस्थाका मेची अञ्चल अध्यक्ष बेदान्ती गंगा प्रसाद ‘जन्तरे प्रसाई‘ को नेतृत्वमा र यस पंतिका पंतिकार अञ्चल सचिवको तत्परतामा वेदान्त दर्शनका चार ज्ञान – शरीरज्ञान, आत्माज्ञान, ईश्वर ज्ञान र ब्रह्म ज्ञान सम्बन्धी तत्वज्ञान प्रसार प्रचारबाट विशेषगरी झापा जिल्लामा आध्यात्मिक चेतना जागृत हुन थालेको थियो । अध्यक्ष गंगा प्रसाद प्रसाई, शाखा प्रमुख पं. श्री नारायण चापागाई, संस्कृत विद शिक्षक गुणनाथ झाँ, यस लेखका पंङ्तिकार, संस्थाका सचिवबाट सत्संग स्थलहरुमा र पुराण आदि धार्मिक अनुष्ठानहरुमा अध्यात्म ज्ञान सम्बन्धमा प्रवचन दिने गरेर अध्यात्म बारे जनमानसमा एउटा सुनौलो जागरण आएको थियो । तर पुष्पलाल गुरुको यस धाममा आगमन पश्चात् वहाँबाट कर्मकाण्डलाई विशेष प्राथमिकता र वेदान्त दर्शनमा आधारित पूर्वीय दर्शनलाई ओझेलमा पार्ने काम भएबाट नेपाल अधिराज्य भरि स्थापित आध्यात्मिक प्रतिष्ठान र शाखाहरुमा अध्यात्म दर्शन सम्बन्धी कार्यक्रमले निरन्तरता पाई, जनमानसमा आध्यात्मिक जागरण ल्याउँदै गरेको अवस्था रह्यो भने, हाम्रो यस अर्जुनधारा क्षेत्रमा अध्यात्मशास्त्र, वेदान्त दर्शनलाई ओझेलमा पारिएको चिन्ताजनक अवस्था रह्यो ।
वेद, उपनिषदहरुको उद्गम स्थल नेपालमा विश्वको उत्कृष्ट ‘वेदान्त दर्शन‘ को अनमोल खजाना छ भन्ने थाहा पाएर, ती ग्रन्थ पढेर प्रत्यक्ष लाभ उठाएका पश्चिम गोलाद्र्धका मानव शास्त्री, समाज शास्त्री एवं चिन्तकहरुले के भनेका छन् भने, ‘पूर्वीय दर्शनमा आधारित वैचारिक चिन्तनले मात्र आज विश्वमा शान्ति स्थापना हुन सक्दछ‘ । उनीहरु त अझ के भन्न थालेका छन् भने ुब् भिबमभच कजयगमि दभ ब उजष्यिकयउजभचु बलम ब उजष्यिकयउजभच कजयगमि दभ ब भिबमभच, अर्थात नेता हुनु पर्ने व्यक्ति दार्शनिक हुनुपर्दछ अथवा दार्शनिक व्यक्ति मात्र नेता हुनु पर्दछ । त्यस्ता व्यक्तिले मात्र पहिले आफूलाई चिनेको हुन्छ अनि स्रष्टा, संस्कार, देशको माटो, भूगोल, ईतिहास, राष्ट्र र जनता जनार्दनलाई चिनेको हुन्छ अनि त्यस्ता व्यक्तित्वहरुले गरेको नेतृत्वले मात्र मुलुकले साँचो मानेमा काँचुली फेर्न सक्दछ ।
विश्वका करिब २२५ मुलुकहरुमध्ये सबै किसिमको ऐश्वर्यले परिपूर्ण भएको विश्वकै उत्कृष्ट मुलुक नेपाल हामी वीर गोर्खालीका भागमा म त चिठ्ठा परेको भन्ने ठान्दछु । अन्य म्लुकमा एउटै देशलाई अत्यावश्यक हुने सबै कुरा पाईदैन तर एउटै देश नेपालमा सबै कुरा पाईन्छ । समुन्द्रको बदला कोशी, कर्णाली जस्ता विशाल नदीहरु कैयौं छन् ।
यो मुलुकमा सबै कुरा भईकन पनि आफू मगन्ते भएको देखेर विकसित मुलुकका चिन्तकहरुले यसो भन्ने गरेका छन्,‘नेपालमा सबै कुरा रहेछ तर नेपाली नेतृत्वपंतिमा इच्छा शक्ति र इमान्दारिता रहेनछ ।’
मेरो बुझाईमा यो समस्या नयाँ शिक्षा योजनाको उपज हो भन्न मन लाग्छ । यसबाट समाजलाई बचाउनका लागि अव आउने भविष्यका कर्णाधार, हाम्रा कलिला बालबालिका, जसको दिमाग कम्प्यूटर पेपर जस्तो स्वच्छ छ, मुलुकको करीब २५ लाख जति संख्यामा रहेका यस्ता बालबालिकाहरुलाई शिक्षाको प्रारम्भिक काल देखिनै आधुनिक पाठ्यपुस्तक अतिरिक्त वैज्ञानिक, आध्यात्मिक पाठ्य पुस्तक तहगत रुपमा, संस्कृतका मीठा मीठा श्लोकहरु, नैतिक शिक्षा, सामान्य ज्ञान, परमपिता, मातापिता र देश प्रति श्रद्धाभाव जगाउने खालका पाठ्य सामाग्रीहरुको पठन पाठन गराउनु अत्यावश्यक देखिन्छ ।
आज पूर्वी र पश्चिमी समुद्रपारिका देशमा स–साना बालबालिकाहरुलाई नैतिक शिक्षाको ज्ञान दिलाउन संस्कृत शिक्षाको थालनी गर्दै गरेको देखिन्छ । भौतिक शिक्षाको साथै नैतिक शिक्षा र अध्यात्म ज्ञान हासिल गरेका बालबालिकाहरु भोली समाज, राष्ट्र र अन्र्तराष्ट्रिय क्षेत्रमा समेत नेतृत्व दिन सक्ने एक नैतिकवान, चरित्रवान, कर्तव्यनिष्ठ, स्वावलम्बी परिश्रमी र राष्ट्रभक्त व्यक्तित्वहरु देशबाट उत्पादन हुन सक्नेछन् र त्यस्ता व्यक्तित्वहरुले नेतृत्व गरेको समाज र राष्ट्र अवश्यमेव, सर्वजन, हिताय र सर्वजन, सुखाय, हुनेछ।
झण्डै आधा शताब्दिको इतिहास बोकेको यस अर्जुनधारा जलेश्वरधाममा, पशुपतिनाथ सदृश पेगोडा शैलीको भव्य मन्दिर, अर्जुुनधारापोखरी, पञ्चजलधारा, गणेश, हनुमान, गोमाता, नाग देवताका मन्दिरहरु, यज्ञकुण्ड, श्रवणहल, व्यासमञ्च, कार्यालय भवन, पुस्तकालय भवन, गौशाला, गुरुकुल– पाठशाला, छात्रवास, अतिथिगृह, आकर्षकद्वार, पोखरीका बीचमा अर्जुनले बाण हानि निकालेको जलधारामा, तिर्खाएका गौमाताले पानी पिउँदै गरेका आकर्षक मुर्ति–दृश्यहरु आदिको समागमले यो धामले वास्तवमानै पूर्वका पशुपतिनाथ भन्ने नामलाई सार्थक तुल्याएको छ, भने गत दुई दशक देखि कर्मकाण्डलाई मात्रै विशेष प्राथमिकता दिँदै आउनु भएका यस धाममा आचार्य, पण्डित तथा गुरु पुरोहितगण र धाम व्यवस्थापन समितिले, अन्यत्रस्थित मन्दिर र धाममा नियमित रुपले दार्शनिक प्रवचन, सत्सँग आदि कार्यक्रमहरु सञ्चालन हुँदै आए झैअब उपरान्त यस धाममा पनि तद् अनुरुप कार्यक्रमहरु सञ्चालनमा ल्याउन सके, सुन त छदै छ यस धाममा,त्यसमा पनि सुगन्ध थपिने र धामको पनि गरिमा अभैm बढ्दै जानेछ भन्ने मेरो धाराणा रहि आएको छ ।
लोकनाथ पौड्याल
पूर्व उप–प्राध्यापक, त्रि.वि.वि.
संस्थापक प्राचार्य शनिश्चरे उच्च मा.वि.
अर्जुनधारा न.पा.–८, झापा
मो.९८४२६२३३८३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया