एजेन्सी । आजभोलि के गर्दै छन् चर्चित कमेडियन कपिल शर्मा ? उनको कपिल शर्मा कमेडी शो छ महिना अगाडी नै बन्द भइको थियो उक्त समय शो बन्द हुनुको कारण कपिलको खराब स्वास्थ्य र प्रदर्शनको तयारीमा रहेको उनी अभिनित चलचित्र फिरंगी बताइएको थियो । तर, त्यस लगत्तै उनी छिट्टै शोमा फर्किने छन् भनिएको थियो त्यस्तै, अहिले कपिलको चलचित्र पनि रिलिज भइसकेको छ । उनको स्वास्थ्य पनि ठीक भइसकेका छन्, तर कपिलको आफ्नो शो लिएर आउने कुनै आधिकारी खबर भने आएको छैन प्रायः सञ्चारमाध्यममा सक्रिय रहने कपिललाई अहिले त्यति सक्रिय भएको पनि देखिदैनन् । उनी कहिलेकाहीँ ट्वीटमा देखिन्छन् । केही तस्बिर शेयर गर्दछन् । तर खासै सक्रिय रहँदैनन् यस्तो अवस्थामा प्रश्न उठ्न सक्छ । आखिर के गर्दै छन् कपिल शर्मा ? यसको जवाफ कपिलले हालै इस्टग्राममा शेयर गरेको स्नैपचैट भिडियोमा लुकेको देख्न सकिन्छ ‘मैले सुन्तला धेरै खाने गरेको छु । त्यसैले मेरो मुख पनि सुन्तला जस्तो भएको छ ।’ धेरै दिन पछि कपिलको यस्तो रमाइलो मजाक दर्शकले देख्न पाएका हुन् । त्यसैले पनि कपिल शोमा कमब्याक गर्न लागेको अनुमान धेरैको रहेको छ टिभीमा उनको छिट्टै कमब्याक हुने प्रतिक्षामा फ्यान रहेका छन् । जसको अनुमान उनले सार्वजनिक गरेको एक छोटो भिडियोले पाएको दर्शकबाट पनि लगाउन सकिन्छ छोटो समयमा यो भिडियोले १३ लाख बढी दर्शक पाएको छ । भिडियोमा दर्शकले उनको कमेडी मिस गरेको कमेन्ट समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया