आलमलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । पहिलो संविधान सभाको निर्वाचनको समयमा बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री मोहम्मद अफताव आलममाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिनको म्याद पाएको छ ।

रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थप ५ दिनको समय दिएको हो । यो भन्दा अघी पहिलो पटक ७ दिनको समय सकिएपछि फेरी समय थपिएकाे हो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका आफ्नो घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।

आइतबार तेस्रो पटक उनलाई जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको छ  । तर पहिलोपटक जिल्ला अदालतमा उपस्थित गराइँदा उनले वकिलसँग सल्लाह गर्नुपर्छ भन्दै बयान दिन मानेका थिएनन् । भने दोस्रो पटक अस्वस्थ भएको भन्दै उनले बयान दिएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?