काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
सोमबार अपराह्न ३ बजे बोलकबोल भई मंगलबार जारी हुने ट्रेजरी ९१ दिन, १८२ दिन र एक वर्षको लागि हुने पनि राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले ९१ दिनका लागि २० करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७६ साल माघ ७ गते परिपक्व हुनेछ ।
१८२ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी बिल २०७७ बैशाख ९ गते परिपक्क हुन्छ । त्यस्तै, १ वर्ष अवधिका लागि जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी २०७७ कात्तिकमा परिपक्क हुनेछ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।
खासगरि ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको लागी हुने गर्दछ । साथै सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया