हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा साह पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा बिराटनगर महानगरपालिका-१५ बस्ने ४९ वर्षीय बिनोद प्रसाद साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बिराटनगर महानगरपालिका-७ स्थितमा अबैध हुण्डी कारोबार भइरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले साहलाई कारोबारमा प्रयोग गरेको नगद ७ लाख १८ हजार ८ सय ६० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?