कास्मिरमा भएको आक्रमणमा परि दुई गोर्खा सैनिक मृत्यु

काठमाडौं । भारतस्थित जम्मु कास्मिरमा भएको आक्रमणमा एक नेपाली र अर्का नेपाली मूलका एक भारतीय सेनाको मृत्यु भएको छ।

आइतबार कुपवारा जिल्लामा भएको गोलाबारीमा गोर्खा रेजिमेन्टका जवान पद्म बहादुर श्रेष्ठ र राईफल म्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको हो।

नेपालका राइफल म्यान गामिल कुमार श्रेष्ठ पाल्पा निवासी रहेको भारतीय सञ्चार माध्ययम न्युजलाईभ टिभीले जनाएको छ।

त्यस्तै नेपाली मुलकै जवान पद्दबहादुर भारतको आसाम गोलाघाट जिल्लास्थित हतिखुली निवासी हुन्। त्यस आक्रमणमा परी दुई सेना र एक नागरिकको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?