काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरूङको शिलान्यासको क्रममा नागढुङ्गाको सडक छिटो कालोपत्रे गर्न निर्देशन दिनुभएको छ ।
कार्यक्रममा “कलङ्की-नागढुङ्गा सडक अलिकती चिल्याउन बाँकी छ । भ्रमण वर्षको समय सुरु हुन लाग्यो । म सरोकारवालालाई निर्देशन दिन चाहन्छु, छिटो काम सक्नू ” भन्दै प्रधानमन्त्री ओलीले सम्बन्धीत पक्षलाइ निर्देशन समेत दिनुभएको हो ।
केही समूहले कुरा मात्रै गर्ने र आलोचना गर्ने रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “कुरा होइन अब काम काटौं ।”
साथै नौबिसे–नागढुङ्गा सुरूङ मार्ग पहिलो सडक सुरूङ मार्ग रहेको बताउँदै देश स्मार्ट युगमा प्रवेश गरेको समेत बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया