कात्तिक महिना यी ५ राशी भएका व्यक्तिहरुको लागि भाग्यशाली !

१. वृष राशि : वृष राशि भएका व्यक्तिहरुको छैटौं स्थानमा सुर्य रहनेछ, त्यो पनि चौथों स्थानको मालिक भएर । त्यसैले सुर्यले राम्रो फल दिनेछ । शत्रु पराजित हुनेछन् भने अहिलेसम्म जतिपनि बिग्रिएका छन् त्योप पनि बन्दै जानेछ भने नयाँ क्षेत्रबाट अगाडी बढ्दै जानेछ । विदेश यात्राको योगहरु बन्नेछन् ।
तर तपाइलाई आमासँग सम्बन्धित समस्याहरु देखा पर्नेछन् । आमाको स्वास्थ्यमा समस्या आउन सक्नेछ भने घरमा विवाद हुने, कलह हुने समस्याहरु देखा पर्नेछन् । तर घर, जग्गा, जमिनसँग सम्बन्धित कामहरु राम्रो बन्नेछ । ऋण गरेर लगानी गर्ने सोचमा हुनुहुन्छ भने ऋण लिएर लगानी नगर्नुहोला । यस्तो कुरामा विचार पुर्याउन सकियो भने तपाइको लागि कात्तिक महिना अत्यन्तै भाग्यशाली रहेछ ।

२.  सिंह राशि : सिंह राशि भएकाहरुका लागि पनि कात्तिक महिना अत्यन्तै शुभ रहेको छ । यी राशि भएका व्यक्तिहरुको तेस्रो भावमा राशिको नै मालिक भएर सुर्य रहनेछ । त्यो कारणले गर्दा पराक्रम भावमा पनि सूर्यलाई निच भंग बनाउने कारणले गर्दा तपाइको लागि अत्यन्त राम्रो कामको थालनी हुनेछ । पराक्रम बृद्धि हुनेछ भने नयाँ कामको गर्नका लागि उर्जा, नयाँ शक्ति मिल्नेछ । तपाइमा जस्तोसुकै काम पनि फत्ते पर्न सक्ने क्षमता पैदा हुन्छ । र तपाइलाई अहिलेसम्म कुनै रोगले समस्या दिरहेको छ भने त्यसबाट पनि छुटकारा पाउनुहुनेछ । यसरी सम्पूर्ण क्षेत्रहरु तपाइको मिहेनत र परिश्रमले कामहरु बन्नेछन् ।
तर केहि दुख कष्ट र केहि समस्याहरु भने तपाइले भोग्नुपर्ने हुन्छ । किनभने कर्म गर्नु नै सबैभन्दा महत्वपूर्ण कुरा हो । र तपाइले अलिक धेरै मिहेनत गर्नुपर्ने हुन्छ । समग्रमा हेर्दा यी राशी भएकाहरुका लागि पनि यो महिना अन्यन्तै फलदायी रहनेछ ।

३.  बृक्षिक राशि :- बृक्षिक राशि भएकाहरुका लागि यो महिना शुभ रहेको छ । बृक्षिक राशि भएका हरुलाइ सरकारी जागिरको अवसर मिल्नेछ भने सरकारी जागिरेहरुका लागि पनि बढुवा सरुवा लगाएतका अवासरह्जरु मिल्नेछन् । विदेश यात्राको योग पनि रहेको छ । विद्यार्थी हरुका लागि र जागिरे हरुका लागि पनि विदेश जाने योग मिल्नेछ । व्यापार र प्रतिष्ठानका क्षेत्रहरु पनि तपैका लागि राम्रो हुनेछ ।
तर यो महिना तपाइको खर्च भने बढ्नेछ । आर्थिक समस्याहरु पनि देखा पर्नेछ । ख्याल गरेर अगाडी बढ्नुभयो भने तपैका लागि यो महिना अत्यन्तै शुभ रहेको छ ।

४. धनु राशि :- धनु सशी भएका व्यक्तिहरुको ११ औं भावमा सुर्य रहेको छ । त्यो पनि भाग्यको मालिक भएर ! त्यो कारणले गर्दा अचानक भाग्य बृद्दी हुने खालका योगहरु छन् । तपाइलाई जुन चिजले धोका दिएका छन् जुन चिज प्राप्त गर्न सकिरहनु भएको छैन त्यो चिज प्राप्त गर्न सक्नुहुनेछ । आर्थिक पक्ष मजबुत बन्दै जानेछन । धन प्राप्त हुन् सक्ने योगहरु पनि रहेका छन् । दाजुभाई तथा दिदीबहिनीसंग भने केहि समस्याहरु निम्तिन सक्छ । आर्थिक कारोबार गर्दा विचार पुर्याउनुहोला राम्रो हुनेछ ।

५. मीन राशि :- मिन राशि भएकाहरुका लागि ६ को मालिक भएर आठ भावमा सुर्य रहनेह्च । त्यो कारणले गर्दा आखाँ, दाँत सम्बन्धि समस्याहरुले सताउन सक्छ । यी चिजहरुलाई ख्याल गर्नुहोला राम्रो हुनेछ ।
तर तपाइलाई थरी मिहेनत र थोरै परिश्रमले नै सफलताको शिखरमा पुर्याइदिन सक्नेछ । तपाइलाई चर्चित बनाउनेछ । तपाइलाइ कुनै न कुनै पक्षबाट राम्रो पक्षबाट राम्रो सफलता मिल्नेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?