आर्थिक सम्पन्नताको आधारमा अमेरिका भन्दा चीनका नागरिक अगाडी

काठमाडौं । अर्थतन्त्रका हिसावले चीनले विश्वलाई  चकित बनाउदै आर्थिक छलाङ मारिसकेको छ । त्यस्तै जनसङ्ख्याको हिसावले मात्र होइन धनी नागरिकको संख्याको आधारमा पनि चीनले अमेरिकालाई उछिनेको छ । सम्पन्न चिनियाँ नागरिकको संख्याले अमेरिकी धनीको संख्यालाई पहिलो पटक उछिनेको स्वीस बैंकको रिपोर्टमा उललेख गरेको छ ।

स्वीस बैंकको वार्षिक समृद्धि सर्वेक्षणले विश्वको सबैभन्दा धनी मानिसको शीर्ष १० प्रतिशतमा १० करोड चिनियाँ मानिस रहेको र सो मापनमा अमेरिकीको संख्या ९.९ करोड मानिस देखाएको छ ।

‘उदाउदो अर्थतन्त्रबाट पूर्ण बजार अर्थतन्त्रतर्फ तीव्र रुपान्तरण भइरहेको चीन’ले ठूलो संख्यामा धनाढ्यको संख्या निर्माण गर्न सघाएको पनि रिर्पोटले देखाएको छ ।

‘पछिल्लो एक वर्षदेखि अमेरिका र चीनबीच व्यापार तनावको बावजुद धन निर्माणमा दुवै देशले बलियो प्रदर्शन गरेका छन् । अमेरिका र चीनले क्रमशः ३८ खर्ब डलर र १९ खर्ब डलर नयाँ धन सिर्जना गरे ,’ क्रेडिट स्वीसको अर्थशास्त्र र अनुसन्धान विभागको विश्व प्रमुख ननेट हेक्लर–फेदहेरर्वले बताउनुभयो ।

स्वीस बैंकको तथ्याङक अनुसार विश्वको शीर्ष धनाढ्य १० प्रतिशतमा पर्नको लागि १ लाख ९ हजार ४३० अमेरिकी डलर वचत भएको हुनपर्छ ।

साथै मापनका आधारमा चीन अमेरिकाभन्दा अघि भएको भए पनि अत्यन्त धनीको हकमा भने अमेरिका निकै अगाडि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?