मनमोहन अस्पतालमा आजबाट ‘क्याथ ल्याब’ शुरु

काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले ‘क्याथ ल्याब’ सेवा प्रारम्भ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्वयम्भूस्थित अस्पतालमा आजदेखि यो सेवा शरु गरिएको हो ।

यस सँगसँगै अस्पतालले आजैबाट ‘एन्जियोग्राफी’ सेवा पनि शुरु गरेको छ । अस्पतालका प्रवन्ध निर्देशक डाक्टर धर्मदत्त सुवेदीको उपस्थितीमा डा. सञ्जयकुमार श्रेष्ठ, डा.प्रविन्द्र महर्जन, डा.श्यामेन्द्र सिंह, मेट्रोन कृष्ण पौड्याल, नर्सिङ सिस्टर राधा क्षेत्री, ईन्दिरा अधिकारी, त्यस्तै टेक्निसियनमा शक्ति रानाभाट लगायत सदस्यहरुको टिमको संयोजकत्वमा यो सेवा चल्ने अस्पतालका सूचना अधिकृत तथा आइटी स्पेसलिस्ट अरविन्द ठाकुरले बताउनुभयो ।

पहिलो दिनमै दुईवटा ‘एन्जियोग्राफी’ टेस्ट गरेर सेवा शुरु गरिएको जानकारी उहाँले दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?