काठमाडौँ । दुर्लभ बन्यजन्तु सालकको खपटा र नाम नखुलेको अन्य दुर्लभ बन्यजन्तुको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्हरी वृत्त लैनचौरबाट खटिएको टोलीले नुवाकोट किस्पाङ गाउँपालिका–२ घर भइ कपन बस्ने दीपकराज न्यौपाने र गोरखा सिरानचोक गाउँपालिका–६ घर भइ कपन नै बस्ने केशव अर्याललाई ठमेलस्थित नरसिंह चोकबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त लैनचौरका डीएसपी सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।
साथै उनीहरुको साथबाट नाम खुल्न नसकेको बन्यजन्तुको छाला १ किलो ४०० ग्राम सालकको खपटा फेला परेको राठौरले जानकारी दिनुभयो ।
पक्राउ परेका दुइ व्यक्तिमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया