साउनदेखी असोजसम्म झन्डै ११ अर्वको बैदेशिक ऋण प्रतिवद्धता

काठमाडौं । नेपालका धेरै विकासहरु बैदेशिक ऋण, अनुदान तथा दुइ देशबिचको प्रतिवद्धतामा हुने गरेको छ । यसैक्रममा बैदेशिक ऋणको प्रतिवद्धताहरु बढ्दै गएको छ । चालू आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि असोजसम्ममा १० अर्ब ७६ करोडको विदेशी लगानी प्रतिबद्धता आएको छ।

अर्थतन्त्रमा मजबुत मानिएका देशका बिभिन्न कम्पनीहरुले नेपालसंग ऋणको लागी प्रतिबद्धता जनाउने गरेका छन् ।

विभिन्न देशका लगानीकर्ताले उद्योग विभागमार्फत् ७७ वटा उद्योगका लागि सो बराबरको वैदेशिक लगानी प्रतिबद्धता जनाएका हुन्।

गत आव २०७५/०७६ को सोही अवधिको तुलनामा यो १ सय २२ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको साउनदेखि असोजसम्ममा ४ अर्ब ८३ करोड ५२ लाख वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ। विभिन्न देशका लगानीकर्ताले १ सय २९ वटा उद्योग सञ्चालनका लागि सो बराबरको लगानी प्रतिबद्धता जनाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?