३९ जनाको शव कन्टेनरमा लिएर कहाँ जाँदै थिए २५ वर्षीय चालक ? प्रहरी भन्छ, अनुसन्धान हुँदैछ

काठमाडौं | सुन्दा नै आङ सिरीङ्ग हुने यो घटना बेलायतको हो । लन्डनको केन्द्रबाट २० माइल दुरीमा रहेको इन्ड्रस्टियल पार्कमा यतिधेरै शव एकै स्थानमा फेला परेको हो।

३९ जना मृतकमध्ये ३८ जवान र एक जना किशोर रहेको जानकारी बाहिर आएको छ । त्यहाँको प्रहरीले ३९ जनाको शव लुकाइछिपाइ राखेको अवस्थामा कन्टेनर समातेपछि यो घटना बाहिर आएको हो ।

घटनापछि उत्तरी आयरल्यान्डका २५ वर्षीय ट्रक चालकलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ । त्यतिका शव किन कहाँबाट कसरी आयो भन्नेबारे स्पष्ट नखुलेतापनि उनै २५ वर्षिया चालकले हत्या गरेको प्रहरीको अनुमान छ।

पूर्वी लन्डनको औद्योगिक क्षेत्रमा बुल्गेरियाबाट आएको एक ट्रकमा ठूलो परिमाणमा शव फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

३ पक्राउ गरिएको उक्त ट्रक बेल्सको होलिहेड जाने तयारीमा रहेको अनुसन्धानबाट खुलेको छ । थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?