काठमाडौ । साउदी अरबको बैंक अलबिलाद र ग्लोबल आइएमई बैंकबीच रेमिट्यान्स सेवा सुरु भएको छ।
साउदी अरबको बैंक अलबिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीचको सहकार्य बुधबारदेखि औपचारिक रुपमा सुरु भएको हो।
साउदी अरबको बैंक अलबिलादको १ सय ८० भन्दा बढी शाखा तथा काउन्टरहरु रहेका छन् । सम्झौतापछि नेपालमा सहजरुपमा रकम पठाउन तथा ग्लोबल आइएमई बैंक, आइएमई तथा जीएमईका नेपालमा रहेका १५ सय भन्दा बढी एजेन्टहरुमार्फत रकम प्राप्त गर्नसक्ने भएका छन् ।
साथे सम्झौतामा बैंक अलबिलादका महाप्रबन्धक ओमार अल हुसेन तथा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा ले हस्ताक्षर गर्नुभएको थियो ।
साथै यी दुई बैंकबीच गत जेठ १३ गते उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया