काठमाडौं । ट्यूनिशियाका नवनिर्वाचित राष्ट्रपति काइस सैयदद्वारा बुधबार राष्ट्रपतिका रूपमा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । राजनीतिक वृत्तमा ख्यातिप्राप्त आफ्ना प्रतिस्पर्धीहरूलाई चकित तुल्याउँदै निर्वाचित बनेका सैयदलाई गत अक्टोबर १३ मा सम्पन्न निर्वाचनबाट बहुमत मिलेको थियो ।
पुरातनवादी विद्वान् सैयदको यस पहिले कुनै राजनीतिक अनुभव नरहे पनि उहाँलाई मुलुकको यूवापुस्ताले अनपेक्षितरूपमा समर्थन दिएका थिए । उहाँले संविधान सभा तथा राज्यका उच्च निकायका सदस्यको उपस्थितिमा सपथ ग्रहण गर्नुभएको हो । उहाँले प्रसिद्ध व्यवसायी तथा आफ्ना प्रतिस्पर्धी नाबिल करोइमाथि दोस्रो चरणको निर्वाचनमा खसेको मतको ७२.७१ मत प्रतिशत ल्याई विजय बन्नुभएको थियो भने करोइले २७.२९ मत ल्याउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया