हिँउसँग तस्विर खिच्दा एकको मृत्यु, दुई घाइते

काठमाडौं । अन्नपूर्ण आधारशिविरको पदयात्रामा गएका एक नेपाली युवाको बरफको ढिस्कोमा पुरिएर को मृत्यु भएको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित बगर क्षेत्रमा हिउँसँगै तस्बिर खिच्ने क्रममा ढिस्को खसेर पोखरा-५ का १८ वर्षीय सञ्जल खनालको मृत्यु भएको हो।

साथै ढिस्को खसेर पोखरा-११ फुलबारीका २० वर्षे सन्तोष बास्तोला र पोखरा-५ का १९ वर्षे निरञ्जन कोइराला भने घाइते छन्।

घाइतेलाई हेलिकोप्टरबाट उद्दार गरी पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?