काठमाडौं । काठमाडौं महानगरपालिका १५ हलचोकस्थित सडकमा बा४ख ८४०६ नंको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बुधबार बसले ठक्कर दिँदा गम्भीर घाइते नागार्जुन नगरपालिका–३ ठूलो भ-याङकी ६७ वर्षीया सानुमाया श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पैदल हिँड्दै गर्दा उनलाई बसले ठक्कर दिएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यसैबीच काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनस्थित आदर्शनगर चोक डेरा गरी बस्ने एक व्यक्ति मृत फेला परेका छन् । बारा सिम्रौनगढ घर भएकी ३५ वर्षीया सन्तमाया शाह आफ्नै कोठामा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया