काठमाडौ । आर्थिक वर्ष २०७६/७७ को पहिलो दुई महिनामा नै काठमाडौं उपत्यकामा देशका अन्य ठाउमा भन्दा मुल्य बृद्धि बढि भएको पाइएको छ ।
चालु आर्थिक वर्षको पहिलो दुइ महिना अर्थात असार र श्रावणमा मात्र काठमाडौं उपत्यकामा मात्र ७.९० प्रतिशत, पहाडमा ५.०९ प्रतिशत, तराइमा ५.६९ प्रतिशत तथा हिमालमा ५.०२ प्रतिशतले मुद्रास्फिती भएको नेपाल राष्ट्र बैंकको एक प्रतिवेदनले जनाएको छ ।
हरेक आर्थिक वर्षको पहिलो दुई महिना समीक्षा महिनाको रुपमा रहने गर्दछ । यसैक्रममा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१६ प्रतिशत रहेकोमा भारतमा सेप्टेम्बर महिनामा यस्तो मुद्रास्फीति ३.९९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपालको मुद्रास्फीति ३.८६ प्रतिशत र भारतको ३.७० प्रतिशत रहेको थियो । २०७६ भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.६५ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा उक्त मुद्रास्फीति ८.७० प्रतिशत रहेको थियो । समीक्षा महिनामा प्राथमिक वस्तु समूहको थोक मुद्रास्फीति उच्च रहेको छ ।
साथै समीक्षा महिनामा यातायात, उपकरण तथा पार्ट्स, रासायनिक वस्तु र खाद्य पदार्थ उपसमूहको थोक मूल्य वृद्धि उच्च पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया