झुण्डिएको अवस्थामा किशोर र किशोरीको शव फेला

काठमाडाैं । पर्सामा झुण्डिएको अवस्थामा एक किशोर र एक किशोरीको शव फेला परेको छ । झुण्डिएको अवस्थामा दुवै जनाको शव बुधबार फेला परेको हो ।

पर्साको ठोरी गाउँपालिका-५ स्थित खोला छेउको सिसौघारीमा १६ वर्षीय सागर लोप्चन झुण्डिएको अवस्थामा फेला परेका हुन् भने पोखरीया नगरपालिका-९ की १९ वर्षीय रंजिता देवी आफ्नै घरमा झुण्डिएको अवस्थामा परेको परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

झुण्डिएका दुवै जनाको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको र अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?