कन्टेनरभित्र फेला परेका ३९ वटा शव चिनियाँ नागरिकको भएको खुलाशा, हत्याको आशङ्कामा चालक पक्राउ

बल्गेरियाबाट हिँडेको भनेपनि पछि किन बेल्जियमबाट यूके छिर्यो ?

काठमाडौं । लन्डनको केन्द्रबाट २० माइल दुरीमा रहेको इन्ड्रस्टियल पार्कमा एउटा लरी कन्टेनरभित्र फेला परेका ३९ वटा शव चिनियाँ नागरिकहरूको भएको अनुसन्धानबाट खुलेको छ।

बुधबार वाटरग्लेड औद्योगिक क्षेत्रको कन्टेनरमा ३८ जना वयस्क र एक किशोरको शव भेटिएको प्रहरीले जनाएको थियो। तीमध्ये आठजना महिला रहेको बताइएको छ।

शव फेला परेपछि वाटरग्लेड औद्योगिक क्षेत्र बन्द गरिएको थियो। र त्यहाँ प्रहरीले घेराबन्दी गरेको छ।

त्यहाँको प्रहरीले ३९ जनाको शव लुकाइछिपाइ राखेको अवस्थामा कन्टेनर समातेपछि यो घटना बाहिर आएको हो ।

घटनापछि उत्तरी आयरल्यान्डका २५ वर्षीय ट्रक चालकलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ । हत्याको आशङ्कामा नोर्दन आयरलन्डका २५ वर्षीय लरी चालक मो रोबिन्सनलाई पक्राउ गरिएको थियो। रोबिन्सन अझै प्रहरी हिरासतमा रहेका छन्।

एसिक्स प्रहरीले शुरूमा सो लरी बल्गेरियाबाट हिँडेको भनेपनि पछि बेल्जियमबाट यूके छिरेको बताएको छ।

सो लरी एङ्गलसीको हलिहेड हुँदै शनिवार ब्रिटेन छिरेको थियो ।

पूर्वी लन्डनको औद्योगिक क्षेत्रमा बुल्गेरियाबाट आएको एक ट्रकमा ठूलो परिमाणमा शव फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

३ पक्राउ गरिएको उक्त ट्रक बेल्सको होलिहेड जाने तयारीमा रहेको अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?