काठमाडौं । जबरजस्ती करणी प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। अदालतले पहिलोपल्ट १३ दिन, दोस्रो पटक पाँच दिन म्याद थपेकोमा तेस्रो पटक थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो । यसअघि जिल्ला अदालतले काठमाडौंले कात्तिक २ गतेबाट लागू हुनेगरी पाँच दिनको म्याद थपेको थियो। त्यो म्याद हिजो नै सकिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया