काठमाडौं । बेलायतको विकास वित्त संस्था सिडिसी ग्रुपले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको १ अर्ब ३५ करोड रुपैयाँ बराबरको
इक्वीटी सेयर खरिद गर्ने भएको हो। जुन रकम वर्ल्डलिंकको कुल सम्पतीको १० प्रतिशत हो ।
बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको सिडिसी ग्रुप विकास वित्त संस्था पनि हो। साथै यसले ७० वर्षदेखि अफ्रिका र एसियामा लगानी गर्दै आइरहेको छ।
दुवै पक्षबीच वर्ल्डलिंकमा लगानी गर्ने सम्वन्धी विहिबार सम्झौता गरेको छ। नेपालमा सिडिसीको सेयर लगानी पहिलो पटक हो। सिडिसीको पूँजीले इन्टरनेटको पहुँच विस्तार तथा गुणस्तरमा सशक्त टेवा पुग्ने वर्ल्डलिंकको दावी छ।
वर्ल्डलिंकका प्रवन्ध निर्देशक दिलिप अग्रवालले थपिएको लगानीले कम्पनीलाई विश्वकै उत्कृष्ट इन्टरनेट सेवा प्रदायक कम्पनी बनाउन सघाउ पुग्ने बताउनुभयाे।
यसअघि सिडिसी ग्रुपले एनएमबि बैंकलाई तीन वर्षका लागि १५ मिलियन अमेरिकी डलर ऋण सहायता प्रदान गरेको थियो।
हाल ३ हजार कर्मचारी वर्ल्डलिंकमा आवद्ध रहेको जनाउँदै कम्पनीले थपिएको लगानीले थप १ हजार रोजगारी बढ्ने समेत जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया