आलमलाई थप ८ दिन थुनामा राख्‍न अदालतको अनुमति

काठमाडौं । सामूहिक हत्या आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमलाई थप आठ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

अनुसन्धानका लागि प्रहरीले समय मागेपछि यसअघि असोज २८ मा अदालतले एक साता म्याद थप गरेको थियो । थपिएको म्यादमा पनि अनुसन्धान नसकिएको भन्दै प्रहरीले समय मागेपछि जिल्ला अदालत, रौतहटले थप ८ दिन प्रदान गरेको हो ।

जिल्ला न्यायाधीश सेखवराज पाण्डेको इजलासले आजदेखी लागु हुने गरी ८ दिनको म्याफ थप गरेको स्रेस्तेदार गुणराज पराजुलीले बताउनुभयो ।

१२ वर्षअघि ०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा आलमलाई गत २६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।

म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?