तिहारमा यसकारण उनिन्छ मखमली, चीनमा चियाका रुपमा सेवन

मखमली कहिल्यै ओइलाउँदैन । त्यसैले यसलाई दीर्घायु र स्वस्थ्य जीवनको प्रतीक मानिन्छ । र दाजुभाईलाई लगाईन्छ ।

संस्कृतमा रक्त मल्लिकाको नामले चिनिने यस फूललाई नेपालीमा मखमली भनिन्छ । भलै यो मखमल जस्तो नरम हुँदैन र छुँदा घोंच्छ तर, झट्ट हेर्दा मखमलको कपडाजस्तै देखिने भएकाले यसलाई ‘मखमली’ भनिएको हुन सक्ने अनुमान छ ।

मखमली कहिल्यै ओइलाउँदैन । त्यसैले यसलाई दीर्घायु र स्वस्थ्य जीवनको प्रतीक मानिन्छ ।

सेतो, बैजनी लगायत रङ्गमा फूल्ने यस फूललाई हाम्रो संस्कार र संस्कृतिसँग जोडिन्छ । अन्य धार्मिक तथा सांस्कृतिक अवसरमा प्रयोगमा नआउने मखमली फूललाई तिहारमा भने भाइ पुज्न प्रयोग गरिन्छ ।

हिन्दू संस्कृतिअनुसार तिहारको भाइटिकामा आफ्ना दाजुभाइको स्वास्थ्य र लामाआयुको कामना गर्दै दिदीबहिनीले मखमलीको माला लगाइदिने चलन रहेको छ ।

स्वास्थ्यका निमित्त अत्यन्त लाभदायी मानिने मखमली फूललाई चीनमा पानीसँग उमालेर चियाका रुपमा सेवन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?