काठमाडौं । नेपालीको ठूलो चाड तिहारको तेस्रो दिन आज घर(घरमा कुकुरको पूजाआजा गरी मनाइँदैछ । कुकुर तिहार कात्तिक कृष्ण चतुर्दशीका दिन पर्छ । यस पर्वमा कुकुरलाई मीठा मीठा परिकार खान दिएर पुजा गरिने चलन छ । आजका दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।
आजका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको पाइन्छ ।
वर्षभरि हाम्रो धनसम्पत्ति, तथा घरको सुरक्षा गरेकोमा यस दिन कुकुरलाई पूजेर, माला लगाइदिएर र मीठा खानेकुराहरु दिएर ‘कृतज्ञता’ ज्ञापन गरिन्छ ।
कुकुरलाई पनि यमदूतका रूपमा पुज्ने गरिन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ ।
कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी मनाउँछौ ।
संस्कृतिविद् भन्छन्, वर्षभरि हाम्रो धनसम्पत्ति, तथा घरको सुरक्षा गरेकोमा यस दिन कुकुरलाई पूजेर, माला लगाइदिएर र मीठा खानेकुराहरु दिएर ‘कृतज्ञता’ ज्ञापन गरिन्छ ।
हामीलाई ढुङ्गे युगबाट उकास्न ‘कृषि’ र ‘पशुपालन’ को ठूलो भूमिका छ । यसरी कृषि, पशुपालन र ती पशुलाई पाल्ने स्थल, तीनै कुरा मानव सभ्यताको आधारभूत पक्ष भएकाले यिनीहरुको पूजा गरिएको हो ।
यस वर्ष लक्ष्मी पुजा पनि यसै दिन परेको छ । गाई तिहारको दिन पर्ने लक्ष्मी पुजा यो वर्ष आज अर्थात् कात्तिक कृष्ण चतुर्दशीका दिन परेको छ ।
बेलुकी लक्ष्मी पुजा गरिन्छ । आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।
यसै विश्वासका कारण आज घरघरमा दीपमालिकासहित दीपावली गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया