प्रा.डा. शम्भु प्रसाद कट्टेल
काठमाडौं । हिन्दु धर्ममा गाईलाई आमाको रुपमा पुजा गरिन्छ । गाई जिँउदो देवीको प्रतिक पनि हो । हिन्दुहरुमा गाईको पुजा गर्ने बिशेष दिन छ । लक्ष्मीपुजाका दिन बिहान गाईलाई आँगनमा बाँधी तेल अगाई सयपत्री/मखमली फूलको माला लगाई, पिठाका परिकारहरु वनाएर खुवाइन्छ र पुजा गरिन्छ । पशुपालन तथा खेतिपाती गर्नेहरु हरेकसंग गाई हुने हुनाले उनिहरुले गाईको पुजा गर्नु स्वभाविक लाग्छ । तर गाई वस्तु नपाल्ने हिन्दुहरु समेत यस बिशेष दिनमा गाईको पुजा गर्दछन् । जो संग गाई छैन उनिहरु गाई हुनेकामा गएर पुजा गर्दछन् । यदि कोहि अशक्त भै अर्काकोमा जान नसक्ने भए गाईको प्रतिक बनाएर र प्रतिमा पनि बनाउन नसके लिपेको आगनमा गाईको गोवरराखी त्यसैलाई गाई मानेर पुज्ने गर्दछन् । हिन्दू बुढा पाकाहरु गाई बाँधेको डोरी समेत नाघिएला भनेर तर्किएर हिड्ने गर्दछन् ।
हिन्दुहरुले गाईको पुजा मात्र गर्ने होइन कि गाईकै गोवरले घर लिप्ने र गाईको मुत्र छर्किएर जुठो सुतकले असुद्घ भएको घर सुद्घ बनाउने र गाई कै मुत्र पान गरि सरीर सुद्घ गर्ने गर्दछन् । यसरि गाईको पुजा गर्नु र गाई कै मुत्रले असुद्घता सुद्घ पार्नु र मुत्रपान गरि सरीर सुद्घ भएको ठान्नु अन्य धर्मावलम्वीहरु र विशेष गरी गाईको महत्व नबुझ्नेहरुका लागि हिन्दुहरुको गाई प्रतिको आसक्ती हास्यास्पद साथै मुर्खकार्य जस्तो लाग्छ । हिन्दु धर्म बाहेक अन्य धर्मका मानिसहरु बिशेषगरी क्रिस्चियन र मुस्लिमहरुमा गाईको बध गर्ने र मासु खाने चलन कायम छ ।
आजकलका अधिकांश हिन्दुहरु सिमेन्ट अथवा काठका घरमा बस्दछन् । यस्ता घरहरु दैनिकरुपमा लिप पोत गर्न पर्दैन । शहर तथा गाँउका यस्ता घरहरुमा बस्ने हिन्दु युवाहरु नै गाई प्रतिको पुर्खाहरुको मोह र गाईको मुत्रको सेवनलाई अर्थहिन ठान्दछन् । तसर्थ यस लेखले हिन्दुहरुमा गाई पुजा गर्ने र गाईको मुत्र पान गर्ने संस्कृति कसरि बन्यो । गाईको पुजा गर्नु र गाईको मुत्र पान गर्नु के गलत वा अर्थहिन कार्य थियो रु हिन्दुहरु विकास भएको समाज तथा दैनिक जीवन कस्तो थियो रु त्यसवेला गाई खाने र जोगाउनेका वीचमा समाजमा युद्घ पनि भयो कि रु के हिन्दु धर्ममा सवै जातका गाईको समान महत्व छ रु यस आलेखमा मानवशास्त्रीय दृष्टिकोणले उल्लेखित सवालहरुलाई स्पष्ट पार्ने प्रयत्न गरिएको छ ।
१. हिन्दुहरुले गाईलाई किन आमा र देवी माने ?
हिन्दु धर्म भारत र यसको आसपासका क्षेत्रमा विकास भएको हो । यो धर्म कुनै खास जाति वा विशेषताका मानिसहरुले मात्र विकास गरेका होइनन् । ककेसस पर्वत नाघेर आएको आर्यानान् समुह (उनिहरु आफैँमा १२ उपजातिमा विभक्त थिएहरु) र मोहनजोदाडो र हडप्पा सभ्यतामा रहेका अष्ट्रोएसियन जातिसंगको अन्तरघुलनमा केहि विसिष्ट जीवन पद्घति, संस्कार र संस्कृतिको निर्माण भयो ९हेर्नुहोस डेभिढ………….) । पछि यो जीवन पद्घति र संस्कार मान्ने मानिसहरु सिन्धु (हाल पाकिस्तानको क्षेत्र) नदि देखि पुर्वमा ब्रम्हपुत्र नदि सम्म फैलिए ।
यस क्षेत्रको पहाडी/हिमाली श्रृङ्खलाई सिन्दकुस भनिन्थ्यो । समयक्रममा यो क्षेत्रमा वसोवास गर्ने मानिसहरुको हिब्रुहरुसंग भेट हुन पुग्यो । हिब्रुहरुको भाषामा “स” शव्द नहुदा सिन्दकुसका वासिन्दालाई हिन्दु र सिन्दकुसलाई हिन्दकुस भनियो । यसरि यो समुह बाहिरियाहरुको बुझाईमा हिन्दुकुशवासी र यहाँको जीवन पद्घति अथवा संस्कृतिलाई हिन्दुधर्म भनेर चिनियो ।
अर्यानानहरुले परिभाषित गरेको वा कल्पना गरेको स्वर्ग हालको हिन्दकुश क्षेत्रमा पर्ने भारतको उत्तराञ्चल र पश्चिम वंगाल, नेपाल र सिक्किमको उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्र नै हो । जहाँ पारिला घमाईला पाखाहरु, हरियाली चौर र जैगलले ढाकिएका क्षेत्रहरुवाट रमणिय हिमाली दृष्यहरु देखिन्थे । यस क्षेत्रमा खानका लागि सदावहार जंगली फलफुल र कन्दमुलहरु प्रशस्तै उपलब्ध थिए । बस्नका लागि सुन्दर प्राकृतिक गुफाहरु उपलब्ध थिए । पछि यहि चिसो हिमाली क्षेत्र हिन्दुहरुको तप र साधनाको मुख्य केन्द्र बन्न गयो । अर्यानानका उपजातिहरुले हजारौं वर्ष पहिले देखि गाईलाई लाफुसंगै राख्ने र गाईको दुध तथा घिउ प्रयोग गर्न सिकेका थिए । यो घुमन्ते समुह एक ठाँउ वाट अर्को ठाँउमा जाँदा गाईलाई आफुसंगै लिएर जान्थे । यसो गर्नको एउटा महत्वुर्ण पक्ष भनेको नया ठाँउको जंगली झारपात नचिनिने हुनाले गाईले खाएको झारपात खाँएर बाँच्न सजिलो र सुरक्षित भयो । यो समुहले पहाडी तथा हिमाली क्षेत्रमा पाइने सानो डल्लीगाईको दुध, मुत्र तथा गोवर औषधीय गुण भएको कुरा यस समयमा पत्ता लगाई सकेका थिए ।
आज भन्दा लगभग ३००० देखि ४००० वर्ष पहिले अर्यानान समुह हिन्दकुश क्षेत्र आइपुग्यो । त्यस समयमा यस क्षेत्रको जमिन र पानीको अवस्था विलकुल भिन्न थियो । आजको श्रीलंका र भारतका विचमा रहेको सागर (उत्तरी भारतीय सागर) निकै सानु थियो । त्यसै गरि आजको केदारको पश्चिममा रहेको वैतर्णी नदी निकै ठुलो थियो । वैतर्णी नदी पुर्वको रमणिय पहाडी र हिमाली क्षेत्रमा जसलाई माथी स्वर्ग भनियोमा प्रवेश गर्न पश्चिमवाट आएका अर्यानान समुहले वैतर्णी नदी तर्नु पर्ने भयो । उनिहरुले यो नदी आफुसंग भएका गाईकै पुच्छर समातेर तरे । परिणमस्वरुप आजभोली पनि हिन्दुहरु आफ्ना मरेका आफन्तलाई स्वर्ग पठाउन गाईदान गर्ने र मर्न लाग्दा वैतर्णी दान गर्ने गर्दछन् । यसरि पुर्खाहरुले जीवनकालमा गरेको काम कालान्तरमा जीवन्त संस्कार बन्न पुग्यो ।
यो घुमन्ते अर्यानान समुहले यहाँका स्थानीय अष्ट्रोएसियन समुहसंग अन्तरघुलन हुँदा पशुपालन तथा खेतिपाती गर्न सिक्यो । यस क्रममा यी दूई प्रजातिका वीचमा वैवाहिक सम्वन्ध पनि स्थापना भयो । परिणामस्वरुप आजको चुच्चानाके खसआर्य जातिको जन्म हुनगयो । यहि खसआर्य जाति भारतीय उपमहाद्विपमा मावलीहरुसंगै खेतिपातिमा रमाए ।
खेतिपातिमा लागे पछि सिकेको अर्को महत्वुर्ण ज्ञान भनेको पुर्खाहरुले आफुसंग ल्याएको सानो पहाडी÷हिमाली जातको डल्ली गाईको बाच्छो पनि अव खेत जोत्न प्रयोगमा आउने भयो । गाईको दुध अशक्त र टुहुरा दुधे बाल–बालिका बँचाउन अमृत सरह थियो भने अर्कातिर समयमा वर्षा नभएर वा मौसम विग्रिएर अन्न उत्पादन नभए गाईकै दुध खाएर वा दुधजन्य परिकारसंग अन्नवाली साटेर किसानको ज्यान बँचाउन गाई अनिवार्य भयो ।
यसरि आमा मरेको दुधेवालक बँचाउन अमृत, खेत जोत्ने गोरु र औषधीय गुण भएको दुध र दुधजन्य परिकार दिनसक्ने र समय/परिस्थिति अनुकुल नहुँदा किसानका शन्तानको ज्यान बँचाउन सक्ने गाईलाई आमाकोरुपमा मानेर हिन्दुहरुले जोगाउन तथा लालन पालन गर्न थाले । कालान्तरमा यस महत्वपुर्ण प्राणीलाई जीउदो देवी मानेर पुजा गर्न थालियो ।
२. गाईको मल मुत्र सुद्घ ठान्नु र दैनिक जीवनमा प्रयोग गर्नु के गलत वा अर्थहिन कार्य थियो ?
माथि उल्लेख गरिए झैँ अर्यानान समुहले पहाडी/हिमाली क्षेत्रमा सहजै हिड्न सक्ने डल्ली गाईको दुध, मुत्र, गोवर औषधिय गुण भएको कुरा पत्ता लगाई सकेका थिए । यो समुहले जंगली अवस्थामा हजारौ वर्ष ककेसस पर्वतका जंगलहरुमा विताएको थियो । यसै समयमा यो समुहका केहि व्यक्ति योगी तथा ऋषीहरु भै सकेका थिए । वास्तबमा यिनै योगी तथा ऋषीहरु यो समुहका नेता थिए । यी योगी तथा ऋषि/ऋषीकाहरु योगाभ्यास, तप तथा ध्यान गरि हप्तौं विताँउथे । जसले आफुसंग गाई राखेकाछन् उनिहरुलाई कुनै रोग व्याध नलाग्ने र यदि लागिहाले पनि गाईको दुध तथा मुत्र सेवन गरे निको हुने भएकाले गाईको दुध तथा मुत्रमा औषधीय गुण रहेको कुरा पत्ता लगाई सकेका थिए । परिणामस्वरुप, यो समुहमा हरेक परिवारमा÷झुण्डमा गाई पालन सुरु भैसकेको थियो ।
पछि आफ्नै गाईको पुच्छर समातेर यो समुहले वैतर्णी नदी तरेर स्वर्गीय आनन्द भएको हिन्दकुशको उच्च पहाडि र हिमाली क्षेत्रमा प्रवेश गरेको चर्चा माथि उल्लेख भै सकेको छ । स्वर्ग आएका यसै समुहका केहि मानिसहरु सयौं वर्ष सम्म जंगलमा सयर गर्दै जंगली फलफुल, कन्दमुल र जीवजन्तुको सिकार गर्दै योग ध्यानमा रमाए । कालान्तरमा जनसंख्या वढ्दै जाँदा माथि उल्लेख गरिए झैँ मावलीहरुसंग खेतिपाति सिकेर खन जोत गर्न थाले । खेतिपाती गर्न थाले पछि आफुसंग भएको गाईको बाच्छोलाई तालिम दिई जोत्न सिकाईयो । गाईको गोवर मलको रुपमा प्रयोग गरियो । औषधीय गुण भएको दुध तथा घ्यु खान, मुत्र आफ्नो वासस्थान र वरिपरिको क्षेत्र सुद्घ गर्न र गोवर वासस्थान सुद्घ तथा सफा बनाउन र लिप्न प्रयोग भै रहेकामा खेतिपातिको सुरुवातसंगै गाईको बाच्छो जोत्न र गोबर मलको रुपमा प्रयोग गर्न सिके । गाई मरे पछि गाईको मासुखाने उपजाति पनि आफ्नै समाजमा भएकाले एकातिर गाईको बहुआयमिक प्रयोग र अर्कातिर सामाजिक सम्बन्ध जिवन्त राख्न उपयोगि गाईलाई हिन्दुहरुले देवि माने र पुजा गर्न थाले ।
हिन्दुहरुले उस्तो बहुउपयोगि गाईलाई पुजा गर्नुको अर्थ थियो जोगाउनु । जति गाई जोगायो त्यतिनै औषधिको उत्पादन बढ्ने, गोरुको संख्या बढ्ने, जोत्ने गोरुहँदा खेति गर्न सहज भै उत्पादन बढ्ने र मरेको गाई छिमेकमा रहेको उपसमुहलाई दिए उसले मासु खाने तर छालाको उतपादन जस्तै डोरी, जुत्ता तथा झोला वनाएर दिने हँुदा गाईको पुजा गर्न थालियो ।
गाईको मुत्रलाई गौमुत्र वा गौमुत भनिन्छ । आजभोलि यो शब्द केहि विग्रिएर गँहुत भएको छ । घर तथा करेँसा वारीका किटाणु मार्नलाई र पुजा आजामा सरीर तथा स्थान सुद्घ गर्नलाई गँहुत प्रयोग गर्न थालियो । गाईवाट उत्पादित दुध, गँहुत तथा गोवर एन्टिवायोटिक जन्य रहेको कुरा आज आएर प्रमाणित भएको छ । हिजोको जंगलि युगमा नै त्यस्तो मानव जीवन उपयोगी गाईको जात पत्तालगाई संरक्षण गर्ने र दैनिक जीवनमा गाईको दुध, मल र मुत्र प्रयोग गर्ने हिन्दुहरु बैज्ञानिक र अन्य मानव भन्दा सर्वश्रेष्ठ रहेको प्रमाणित हुन्छ ।
३. हिन्दुहरु विकास भएको समाज तथा दैनिक जीवन कस्तो थियो ?
प्राचिन भारतीय सभ्यताका बारेका प्रशस्तै लेख रचनाहरु प्रकासित भएका भएता पनि हिन्दु धर्मको विकासका समयको समाज विश्लेसण गरेका लेख रचनाहरु एकदमै नगन्य छन् । हिन्दुहरुका धार्मिक ग्रन्थहरु विश्लेषण गर्दा उनिहरुमै १२ उपजातिमा बाँडिएको चर्चा मैले माथि नै गरिसकेको छु । महाभारतको युद्घ यहि १२ उपजातिहरुका विचमा भएको थियो भनिन्छ । आदिम कालका अधिकांश लडाईहरु उपजातिहरुका विचमा नै हुने गरेको प्रमाण पाइन्छन् । अर्यानान समुह ककेसस पर्वत नाघेर हालको अफगानिस्तान-पाकिस्तान क्षेत्रमा आइपुग्दा खेतिपाति तथा पशुपालनमा जमेर वसेको अष्ट्रोएसियन जातिसंग जम्काभेट भएको र यहि जातिसंग अन्तरघुलन भए पछि कृषिमा लागेको चर्चा माथि नै गरिसकेको छु । अष्ट्रोएसियन समाज मातृप्रधान थियो ।
अर्यानान समुह कास्यपदिपमा उत्पति भएको भन्ने चर्चा हिन्दुका धर्म ग्रन्थहरुमा उल्लेख छ । युरोपियन मुलको भएकाले यो समुह आजको युरोपियन जस्तै गोरो, कैलो कपाल र चुच्चो नाक भएको थियो । यहि प्रजाति मध्यको एक समहले फारस राज्य निर्माण गरेको भनिन्छ ।
अर्यानानको ठुलो समुह हालको इरानमा क्षेत्रमा रहेकोले हालको अरवियन देश इरान निर्माण भयो । यहि प्रजातिको एउटा समुह ककेसस पर्वत नाघेर यता आएको हो भनिन्छ ।
ककेससको उच्च पहाडि जंगलमा हजारौं वर्षको ध्यान, तपस्या र योगले यता आएको समुहले प्रकृतिसंग जुझ्दा केहि विशिष्ट ज्ञान सिकेको थियो र पछि यस जातिको स्थानीय जातिसंग अन्तरघुलन पछि फरक सामाजिक, आर्थिक, राजनैतिक अवस्था विकास भयो । यसरि विकास भएको परिस्थितिलाई मर्यादित वनाउन केहि थप ज्ञान आवश्यक भयो । त्यसैले यस समयमा पनि विभिन्न ऋषि मुनीहरुले आवश्यक ज्ञानको विकास गरे । पछि कृष्ण द्वेपाएनले यो ज्ञानलाई लिपि वद्घ गरे जसलार्ई आज भोली वेदशास्त्र भनिन्छ । मुलत यस समयको समाज यहि अर्यानान र अष्ट्रोएसियन प्रजातिहरुको मिश्रणवाट वनेको आजको गंहगोरो चुच्चानाहरुको थियो । हिन्दु धर्ममा आजको जस्तो संस्कारगत जटिलता थिएन । पुजा आजा गरिदैन थियो । मात्र वेदशास्त्र अनुसारको जीवन पद्घतिलाई हिन्दुहरु धर्म मान्दथे । धर्म पुरुषको र नारीको जीवन पद्घति फरक फरक हुने भएकाले पुरुष धर्म र नारी धर्म फरक फरक थियो र यस समयमा ठुलो सानो जा जात जातिको अवधारण समेत थिएन । समाजमा सवै समान र सवैको अवस्था समान हुन्थ्यो ।
हिन्दुहरुले यहि समयमा गंगाको पानीले सिंचाइ गरेर खेतिपाती गर्न सिकेका हुनाले आज पनि हिन्दु धर्ममा गंगाजल र गाईको समान महत्व छ ।
४. त्यसवेलाको समाजमा गाई खाने र जोगाउनेका बीचमा युद्घ पनि भयो कि ?
जतिवेला भारतीय उपमहाद्विपमा हिन्दुहरुले गाईको महत्व पत्तालगाए र गाईलाई जिँउदो देवीको रुपमा पुज्न थाले त्यस समयमा मुस्लिम र कृष्चियन धर्मको उदय भएको थिएन । यी धर्महरुको उदय नभउको भएता पनि घुमन्ते जंगली जीवनमा रहेकाहरु गौमास सेवन गर्दथे ।
अर्यानान समुहले चाँही हजारौं वर्ष पहिला देखि गाईको दुध र दुधजन्य परिकारहरुको औषधीय गुँण पत्ता लगाई सकेका हुनाले गाई जोगाउन थालिसकेका थिए । खेतिपातीको जीवन जंगली घुमन्ते जीवन भन्दा कैयौ गुणा सजिलो र सुरक्षित हुने भएकाले उनिहरु खेतिपाती जमेर लागे ।
यसरि आजको हिन्दु आर्य जातिले भारतीय उपमहाद्विपमा गोरु जोतेर खेति गर्न थाले पछि यो उपमहाद्विप भरि गोरु जोत्ने चलन चल्यो । खन्न भन्दा गोरु जोत्न कैयौं गुणा सजिलो भएकाले सर्वत्र गाईको बाच्छो जोत्न थालियो । गाई बचाँउदा आफ्नै जीवन बाँच्ने र गाईको बाच्छो जोत्न मिल्ने भएकाले गाई बँचाउ अभियान उपमहाद्विप भरि नै चल्यो । तत्कालिन समयमा गाई वचाँउने र खाने समुह बिचमा कुनै पनि प्रकारको युद्घ वा हत्या हिंसा भएन ।
५. के सवै जातका गाईको हिन्दु धर्ममा समान महत्व छ ?
हिन्दु धर्ममा सवै जातका गाईको समान महत्व छ वा छैन भन्ने सवाल स्पष्ट पार्न त्यति सहज छैन । अर्यानान समुहले आफुसंग ल्याएको गाई पहाडी/हिमाली जातको डल्ली गाई थियो भनेर अगाडी उल्लेख गरिसकेको छु । यो गाईको दुध, गँहुत, गोवर तथा सरीरवाट आउने गन्ध पनि मानव स्वस्थ्यको लागि उपयुक्त भएको ठहर यो समुहले कृषिमा प्रवेश गर्नु पुर्व नै सिकिसकेका थिए । कृषिमा प्रवेश गरे पछि यहि जातको बहर जस्तो सुकै कुना कल्दरामा पुगेर जोत्न सक्ने, रोग नलाग्ने र लागि हाले पनि तुरुन्त निको हुने, सानो देखिएता पनि एक छाक खाएर प्राप्त गरेको शक्तिले दिनभर जोत्न सक्ने, धमिले पानी खाएर पनि विरामी नपर्ने र थोरै खानाका भरमा दिनभर काम गर्न सक्ने प्रमाणित भयो । तसर्थ अर्यानान समुहले आफुसंग ल्याएको गाई कृषि जीवनमा पनि उपयोगी भएकाले अझै पुजनीय बन्यो ।
माथि उल्लिखित अनेकौ उपयोगले गर्दा समयक्रममा गाई हिन्दु धर्ममा एउटा प्रतिकको रुपमा विकास भयो । धर्मकै प्रतिक र आस्थाको केन्द्रको रुपमा स्थापित भै सके पछि डल्लीगाई लगाएत अन्य सवै गाईको महत्व हिन्दु धर्ममा समान हुन पुग्यो ।
निष्कर्स
मानव संस्कृति भौतिक वा अभौतिक जे भए पनि त्यसले सम्वन्धित समुहको जीवनमा भौतिक महत्व राख्दछ (मार्भिन हेरिस १९७३) ।
संस्कृतिका सवै तत्व वा रीतिहरु सम्वन्धित सांस्कृतिक समुहका मानिसका लागि तार्किक र अर्थपुर्ण हुन्छन् । हरेक संस्कृति जुन सन्दर्भमा निर्माण भएको हुन्छ त्यहि सन्दर्भमा बुझ्नू पर्दछ । एउटा संस्कृति अर्को सन्दर्भमा वा आर्का संस्कृतिका मानिसहरु (वाहिरियाहरु) ले अर्थ लगाँउदा अनर्थ हुनजान्छ । कुनै पनि समुहको संस्कृति हजारौ वर्षको जीवन अनुभव वा भोगाइवाट निर्माण भएको हुन्छ । तसर्थ कुनै पनि संस्कृतिको अध्ययन सम्बन्धित सन्दर्भमा नै गर्नु पर्ने हुन्छ । संस्कृति पुस्तान्तरण हुदै सर्दछ । सम्वन्धित समुहका सवै सदश्यहरुले समानरुपमा आफ्नो संस्कृतिको वैज्ञानिक भौतिक अर्थ नवुझेका पनि हुनसक्छन् । तसर्थ संस्कृतिको अर्थ समुहमा खोज्नु पर्दछ । समय वित्दै जाँदा समुहका सदश्यहरुले संस्कृतिको भित्रि अर्थ नबुझि विस्वासको रुपमा पालन गरका हुन्छन् । हरेक संस्कृतिमा वाहिर जे देखिन्छ त्यो नै त्यसको वास्तविक वा भित्री अर्थ हुदैन । हरेक संस्कृतिको भित्री अर्थ हुन्छ । संस्कृतिको भित्री अर्थ नबुझी अर्काको धर्म र संस्कृतिमा प्रतिक्रिया दिनु वा टिप्णी गर्नु गलत हुन्छ (क्लीफोर्ड गिर्ज १९७३) ।
हिन्दुहरुको गाईलाई आमाको रुपमा मान्ने र पुजा गर्ने चलन बाहिरिया आँखाले हेर्दा वा सुन्दा हाँस्यास्पद लाग्न सक्छ । अझै गाईको मासु खाने युरोपियन र अमेरिकनहरुको लागि त गाईको मुत्र खानु र पुजा गर्नु अझै उदेकलाग्दो हुन सक्छ । भारतीय उपमहाद्विपमा एकातिर भोका मानिसहरु सडकमा मागेर भोक भोकै जीवन गुजारा गर्ने र अर्कातिर हजारौं गाईहरु मन्दिर र सडकमा अलपत्र फोहोर पारेर बसेको देख्दा अचम्म लाग्न सक्छ ।
भोका मानिसहरुले ती छाडा गाई मात्र खाए पनि वर्षौको आहारा पुग्ने र सडक अवरुद्घ पार्ने र फोहोर गर्ने गाईको व्यवस्थापन हुने उनिहरुको बुझाई हुन सक्छ । तर जब उनिहरुले भारतीय उपमहाद्विपका हिन्दुहरुको विकासमा गाईको योगदान र यहाँका मानिसहरुले पुजा गर्ने विशेष जातका गाईको दुध, मल र गँहुतको औषधीय महत्व भएको, मौसम प्रतिकुल भएको समयमा दुधले किसानको र उसका टुहुरा बच्चाको जीवन वचाँउने र गाइकै बाच्छालाई जोतेर कृषि जीवन सुरु गरेको तथ्य बुझ्नेछन् तव जिव्रो टोकेर भन्नेछन् हिन्दुहरुको संस्कृतिमा गाईलाई आमा मानेर पुजा गर्ने चलन त कति बैज्ञानिक र महत्वपुर्ण रहेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया