काठमाडौँ–नेपाली काँग्रेसका नेता गगन कुमार थापा अध्ययनका लागि सिंगापुर पुगेका छन् । शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि थापा सिंगापुर पुगेका हुन् ।
थापाले मंगलबार ट्वीटरमार्फत दिएको जानकारीअनुसार उनी अबको एक साता सिंगापुरको नानयाङ टेक्नोजोजिकल विश्वविद्यालयमा विद्यार्थीका रुपमा रहनेछन् । वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा अध्ययनका लागि उनी त्यहाँ पुगेका हुन् ।
त्यहाँ रहँदा शहरको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्ने थापाले जानकारी दिए ।
थापाले सिंगापुरमै नेपाली चेलीको हातबाट तिहारको टिका लगाएको पनि जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया