पोखरा । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपाबाट कसले टिकट पाउने भन्नेमा अनश्चित देखिएको छ ।
विद्या भट्टराईले टिकट पाउने भनिएपनि प्रदेशले ३ जनाको नाम पठाएपछि अनिश्चित बनेको हो ।
आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि नेकपा गण्डकी प्रदेशले भट्टराईसहित नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम थपेर केन्द्रमा पठाएको हो ।
यसअघि जिल्लाले स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराइको मात्रै नाम सिफारिस गरेको थियो ।
तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया