काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । कृष्णनगरमा जारी कर्फ्यू आदेश अवज्ञा गर्नेमाथि गोली चलाउँदा स्थानीय २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको हो ।
यद्यपि प्रहरीले भने गोली चलेको पुष्टि गरेको छैन । लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने विषयमा हिन्दू समुदाय र मुस्लीम समुदायबीच झडप भएपछि कपिलवस्तुको कृष्णनगरमा आज बिहान ११ अनिश्चितकालिन कर्फ्यू जारी गरेको छ । झडपले उग्र रुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको हो ।
प्रहरीका अनुसार, झडप नियन्त्रणमा लिन प्रहरीले ४ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा ६ जना स्थानीय घाइते भएका छन् ।
त्यो क्षेत्रमा अहिले सुरक्षाव्यवस्थामा कडाई पारिएको छ । प्रहरीले सर्वपक्षीय छलफल र सहमति गरेर मूर्ति विसर्जनको कार्य अघि बढाउने तयारी गरिरहेको जनाएको छ ।
कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया