सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरेको छ । बिहीवार एक सूचना प्रकाशित गर्दै सामाजिक सुरक्षा कोषले एक महिनाभित्र सम्पूर्ण रोजगारदाता कम्पनी र योगदानकर्तालाई सूचीकृत हुन आग्रह गरेको हो ।

यसअघि सरकारले असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने मौका दिएको भएतापनि ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै समय थप गरेको हो ।

सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग-प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयसीमा तोकेको थियो । हालसम्म कोषमा सूचीकृत भएका रोजगारदाताको संख्या ८ हजार ८ सय १८ तथा योगदानकर्ताको संख्या १ लाख ९ सय ६८ पुगेको छ । जसबाट ७ करोड ६५ लाख भन्दा बढी योगदान रकम संकलन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?