कपिलवस्तुको गोली प्रकरण अपडेट : प्रहरी भन्छ हामीले गोली चलाएका छैनौँ, मारिएका सुरज को हुन् ?

काठमाडौं । कपिलवस्तुमा गोली लागेर ज्यान गुमाएका व्यक्ति भारतीय नागरिक भएको खुलेको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा भारत बरौनीका नागरिक सुरज पाण्डे रहेका छन् ।

यद्यपि प्रहरीले भने गोली नचलाएको दाबी गर्दै आएको छ । कृष्णनगरमा बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने विषयमा हिन्दू समुदाय र मुस्लीम समुदायबीच झडप भएको थियो ।

स्थानीय मुस्लिम समुदायका केही व्यक्तिहरुले मूर्ति विसर्जन गर्न आफूहरुको बाटो प्रयोग गर्न नदिने बताएपछि विवाद सिर्जना भएको थियो ।

विवादका कारण लक्ष्मीपूजाको मूर्ति अझै विसर्जन हुन सकेको छैन । बिहिबार बिहानैबाट अवस्था बिग्रँदै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको छ ।

प्रदर्शनकारीको प्रहारबाट ५ जना प्रहरी समेत घाइते भएको बताइएको छ । प्रहरीले नागरिक समाज तथा स्थानीय पत्रकारहरुको समन्वयमा घटना शान्त पार्ने प्रयास भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?